हलिया मुक्त पुनर्स्थापनाकाे रकम हिनामिना गर्नेलाई कारवाहीकाे माग

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं‌ – डडेलधुरामा हलिया मुक्त पुनर्स्थापना कार्यक्रम अन्तर्गत सरकारले हलियाका लागि उपलब्ध गराएको रकममा भ्रष्टाचार भएको र दोषिलाई कारवाही गर्न चक्रप्रसाद स्नेहीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सदस्य स्नेहीले डडेलधुरा मालपोत कार्यालयका सहायक दान बहादुर बिक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगत हलियालाई उपलब्ध गराईएको रकमबाट प्रतिव्यक्ति २० हजार का दरले ३ करोड ३८ लाख रुपैया घुस लिएको प्रमाणित भईसकेको भन्दै कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

घुस लिएको प्रमाणित भएपछि केही रकम उनीहरुले फिर्ता गरेका थिए । स्नेहीले घुस लिने काममा संलग्न सबैलाई कडा कारवाही गर्नुपर्ने बताए ।

डडेल्धुरामा १ हजार ५ सय ५८ जना हलिया पुनस्थापित भइसकेका छन् भने २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुर्नस्थापित कार्यक्रम अन्र्तगत सेवा लिने क्रममै रहेका छन् । हलिया पुर्नस्थापित कार्यक्रम अन्र्तगत सरकारले घर निर्माणका लागि ३ लाख २५ हजार , मर्मतका लागि १ लाख २५ हजार र जमिन खरिदका लागि २ लाख रुपैयाँ जिल्ला मालपोत कार्यालय मार्फत उपलब्ध गराउँदै आएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!