सराेज खनाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा माग्नुभएको छ ।
रोपाईंका बेला किसानलाई मल दिन नसक्ने मन्त्रीको अर्थ नहुने भन्दै उनले राजीनामा दिनुपर्ने बताउनुभयो ।
आइतबार पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघको कार्यक्रममा उहाँले कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने बताउनुभयो । कृषिमन्त्रीको मुख्य काम नै मल, बीउविजन दिनुपर्ने भन्दै अध्यक्ष ओलीले झण्डा हल्लाउ भनेर मात्र मन्त्री नबनाएको जिकीर गर्नुभयो ।
‘झण्डा हल्लाउ भनेर मन्त्री बनाएको कि किसानलाई मल बिउ देउ भनेर बनाएको ?’ उहा्रँले प्रश्न गर्नुभयो ‘पिर्कामा सलामी खान मन्त्री बनाएको हो ? कृषि मन्त्रीले किसानका लागि काम गर्नुपर्यो, किसानको समस्या हेर्नुपर्यो ।’ ओलीले सरकारले बुझ्ने गरी कदम चाल्न किसान महासंघलाई निर्देशन पनि दिनुभयो । सरकारविरुद्ध आन्दोलन गर्न उहाँले निर्देशन दिनुभयो ।