असार मसान्तसम्म १ लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ : कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालको मल अभावको अवस्था असार मसान्तसम्म हल हुने दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभिन्न प्रक्रियाबाट मल आपूर्तिका लागि प्रयास भइरहेको जनाएको हो ।

मल खरिदका लागि कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको छ ।‘असार मसान्तसम्म कुल एक लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसमा भारतसंगको जीटूजीको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि छ ।’

आपूर्तिको क्रममा रहेकामा साल्ट ट्रेडिङले खरिद गरेको मध्ये २० हजार मेट्रिकटन डिएपी, २२ हजार मेट्रिकटन युरिया छ । यस्तै कृषि सामग्रीले खरिद गरेको मध्येबाट ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी असारको दोस्रो साताबाट नेपाल भित्रिने मन्त्रालयको दाबी छ ।असारको अन्तिम सातामा भारतसंगको जीटूजी अन्र्तगतको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि आइपुग्ने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोभिढ र बढ्दो अन्तराष्ट्रिय मूल्यका कारण मल आपूर्तिको जिम्मा पाएका ठेकदारले २ लाख २२ हजार मेट्रिकटन मल समयमै आपूर्ति नगरेको पनि मन्त्रालयले जनाएको छ ।

3 COMMENTS

  1. I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

  2. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here