लम्पी स्किन रोग विशेषगरी गाईहरुमा र कहिलेकाहीं भैँसीहरुमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो ।
विगतमा अफ्रिकी महादेशमा मात्रै सिमित यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ को जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो ।
नेपालमा भने वि.सं. २०७७ असार महिनाको अन्तिम तिर मोरङ जिल्लामा केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षणहरु देखा परेको थियो । हाल नेपालको अधिकांश तराईं जिल्ला र केही पहाडी क्षेत्रमा समेत लम्पी स्किन रोगको संरक्षण देखा परेको छ ।
यो रोग पशुहरुबाट मानिसमा हालसम्म सरेको भेटिएको छैन । यो रोग एक विषाणु (Virus) जन्य रोग हो । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । यसको अलावा रोगी पशुहरुको सिंगान, दूध, र घाउबाट निस्केको पीप, रगत, जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ ।
यो रोगका लक्षणहरु साधारण र हल्का रुपका देखि निकै कडा खालको पनि देखिन सक्छ । साना पशुहरुमा यो रोग कडारुपमा लाग्दछ भने वयस्क पशुहरुमा साधारण लक्षणहरु देखिन सक्छन । रोगी पशुहरुमा ज्वरो (१०४–१०५ डिग्री फरेनहाईट) आउने, अरुचि हुने र झोक्राउने लक्षण देखिन्छ । त्यसको २–३ दिनमा पशुको शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिन शुरू गर्छ ।
यस्ता गिर्खा र गाँठाहरूमा पिप जम्मा भई यो घाउमा परिणत हुन्छ र यसमा जिवाणुजन्य संक्रमण भई समस्या झन् बढ्दै जान्छ । बिस्तारै शरीरका भित्री अङ्गहरु जस्तैः पेट, फोक्सो, श्वासनलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया हुन्छ । खुट्टा र शरीरको तल्लो भागमा भएका यस्ता संक्रमणले गर्दा पशुहरू हिड्न नसक्ने भई बसिरहने (Downer) हुनसक्छ जसले गर्दा समस्या झनै विकराल बन्दै जान्छ ।
थुन र कल्चौंडोमा भएका यस्ता गिर्खा र गाँठाहरुमा जिवाणुजन्य संक्रमण हुन गएमा थुनेलो हुने देखि थुन नै झर्ने सम्म हुनसक्छ । कुनै पशुहरुमा गर्भ तुहिने, पाठेघरमा समस्या देखिने र गर्भ नअडिने समस्या पनि देखिनुका साथै बाँझोपन पनि हुन्छ । यो रोगको हाल कुनै उपचार नभएकाले आफ्ना पशुहरुलाई नियमित रुपमा बिषेश गरि छालामा हुने गिर्खा र गाँठाहरुको निगरानी गर्नुपर्ने देखिएको छ ।
किनेर ल्याईएका नयाँ पशुहरुलाई तीन हप्तासम्म छुट्टै क्वारन्टिनमा राखेर मात्र आफ्नो गोठमा हुल्न उपयुक्त हुने अधिकारी बताउँछन् । पशुहरुलाई टोक्ने कीराहरु जस्तैः लामखुट्टे, किर्ना र भुसुनाहरुबाट सुरक्षित राख्नका लागि सम्भव हुने सम्मका उपायहरु अपनाउन उनीहरुको आग्रह छ । रोगी पशुहरुलाई आवतजावत नगराउनुहोस्, यसले रोग फैलिने क्रम अझ बढ्छ । यदि पशुहरुमा रोग देखा परेमा पशु चिकित्सक वा प्राविधिकलाई सम्पर्क गरि लक्षण अनुसारको उपचार गरि जिम्मेवार निकायहरुलाई यो रोगबारे जानकारी गराउनुपर्छ ।
रोगी पशुहरुलाइ राम्रो हेरविचार गरि संतुलित पौष्टिक आहारा खुवाई सेकेण्डरी ब्याक्टेरियल ईन्फेक्सनहरुबाट जोगाउन ३–४ दिनसम्म एन्टिवायोटिकले उपचार गरेमा पशु निको हुने सम्भावना बढि हुन्छ ।
हालमा नेपालमा अवस्था कस्तो छ ?
नेपालका ३५ जिल्लामा हजारौँ सङ्गयामा गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका कारण अहिले किसानहरू चिन्तित बनेका छन् । पशु सेवा विभागको तथ्याङ्कले उक्त रोगबाट हालसम्म १५,००० भन्दा बढी गाईभैँसी प्रभावित भएको देखाएको छ।
यद्यपि सङ्क्रमित चौपायाको सङ्ख्या अझ बढी हुन सक्ने बताइएको छ । पशु सेवा विभागका अनुसार यो रोगले अहिले महामारीको स्वरूप लिइसकेको छ । तर, प्रभावित ठाउँहरूमा ठ्याक्कै कति सङ्ख्यामा गाईभैँसी मरेका छन् भन्नेबारे तथ्याङ्क कार्यालयसँग छैन् ।
लम्पी स्किन कहाँकहाँ फैलिएको छ ?
लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो । केही समयसम्म त्यो सब–सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो ।
राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो ।
पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने भने २०७८/०७९ मा नौ जिल्लाका १९ पालिकामा विस्तार भएको पाइयो । त्यसपछि २०७९/०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ ।
सुरुमा तराई र मध्य पहाडका जिल्लामा सङ्क्रमण देखिएको थियो भने अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगेको देखिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुनुमा जलवायु परिवर्तनसँग सम्बन्ध हुन सक्ने अधिकारी बताउँछन् ।
लम्पी स्किन कस्तो रोग हो ?
गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ । सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ ।
खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन्। यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।
मान्छेमा सर्छ कि सर्दैन ?
पशु चिकित्सकहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन । एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो । यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैनन् ।
यसको उपचार के हो ?
यो रोगको प्रभावकारी उपचार छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन् । यो रोग लाग्न नदिन खोप
लगाउँदै आइएको छ । तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो । सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ । एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहो¥याएर गाईभैँसीलाई फेरि लाग्दैन ।
सङ्क्रमित गाईभैँसीको दूध खान हुन्छ ?
हालै भारतका केही राज्यमा लम्पी स्किन रोग फैलिएका बेला त्यसबाट सङ्क्रमित गाईभैँसीको दूध नखान भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएको थियो । तर भारतकै पशु चिकित्सकहरूले त्यसमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका थिए ।
पशु सेवा विभागका अधिकारीका अनुसार पनि त्यस्ता गाईभैँसीको दूध सेवन गर्नै नहुने भन्ने हुँदैन । तर सङ्क्रमित गाईभैँसीको दूध खानु हुँदैन भन्ने कुरा कुनै पनि अनुसन्धान अथवा वैज्ञानिक अध्ययनले भनेको छैन । मज्जाले उमालेर खान सकिन्छ ।
नियन्त्रणका लागि के गरिँदै छ ?
लम्पी स्किन रोग नियन्त्रणका लागि तीनवटै तहका सरकारहरू समन्वय गरी अगाडि बढिरहेको अधिकारीहरू बताउँछन् । नमुना सङ्कलन गर्ने, रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम सबै तह मिलेर गरिरहेको पशु सेवा विभागका अधिकारी बताउस्ँछ ।
घाउ निको पार्न एन्टिबायोटिक औषधि दिने लगायतका ‘जेनरल लाइन अफ ट्रीटमन्ट’को प्रोटोकल बनाएर काम गर्न थालिएको छ । हाल नेपालमा गाईबस्तुलाई खोप दिने कार्यक्रममा जोर्डनमा निर्मित खोप प्रयोग हुँदै आएको छ ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
vmhvkt
Have you ever considered publishing an ebook or guest authoring on other sites? I have a blog based upon on the same ideas you discuss and would love to have you share some stories/information. I know my subscribers would appreciate your work. If you’re even remotely interested, feel free to shoot me an e-mail.
You are a very clever individual!