पाखाबारीमा कुहिने लप्सीले फेरिएको जीवन

  • राजन पौडेल

पर्वत– बनको बाटो यात्रा गर्दा बाटै भरी छरिएका लप्सीले हिड्न पनि असहज,फलेको लप्सी झरेर धान काट्नै नमिल्ने, पाखाभरी कुहिएका लप्सी हुन्थे । लप्सीका बोट काटेर दाउरा बालियो ।  आजभोलि अलीअली भए नि खर्च टरेको छ । पर्वतको दक्षिणमा पर्ने लिमिठानाका बासिन्दा नरहरी पौडेलको यो भनाइले त्यस क्षेत्र वरपरका किसान हरुले लप्सीको महत्व बुझ्न थालेका छन् ।

पौडेल जस्तै कुश्मा नगरपालिका– ९ का केशव लामिछाने खेतमा रहेका लप्सीका बोटमा लटरम्म फल्ने झरेर सकिने गरेको थियो । तर आजभोलि लप्सीले राम्रो बजार पाउन थालेपछि उनले लप्सीलाई समयमै टिपेर किन्ने व्यापारीहरु सँग सम्पर्क गरेर बिक्रि गर्छन त कोहि घर मै पुग्छन् लप्सीको खोजिमा । खेरजाने गरेको लप्सीले सामान्य घरखर्ची धान्न सजिलो भएको उनको भनाइ छ । ‘लप्सी बेचेर ठूलै आम्दानी नभए पनि सामान्य खर्च धान्न राम्रो छ ।

खेतमा झरेर जाने गरेको लप्सी बेचेर जति आए नि राम्रै भो ।’ अघिल्लो प्रतिकिलो ३० रुपैयाँका दरले लप्सी बेचेर १८ हजार रुपैयाँ कमाएका उनले यस वर्ष करिव २५ हजार रुपैयाँको लप्सी बेचेको सुवेदि ले सुनाए ।  पौडेल र सुवेदी जस्तै पर्वतका कटुवाचौपारी ,ठूलीपोखरी, शंकरपोखरी, भंगरा, मडिकुवा, ठानामौला, लिमिठाना, फलेवास, कुर्घा, खानीगाउँ लगायतका क्षेत्रका कृषकहरूको खेतबारी र पाखामा यतिबेला लप्सी झार्ने र बेच्ने चटारो छ ।

लप्सीको परिकार बनाउँदै पर्वतका किसान

केही वर्ष अगाडिसम्म पर्वतका धेरै ठाउँमा पाइने लप्सी बोटबाटै झरेर कुहिने गरेको थियो । तर, लप्सीबाट बनाइने विभिन्न परिकारको बारेमा थाहा पाउँदै जान थालेपछि खेरजाने गरेको लप्सी आम्दानीको स्रोत बन्दै गएको छ ।  पर्वतमा फल्ने गरेको लप्सी अन्यत्र जिल्लाको तुलनामा राम्रो भएका कारण सजिलै बजार पाउने गरेको व्यापारीहरू बताउँछन् । त्यही कारण पनि जिल्लाका स्थानीय व्यापारीबाहेक पोखरा, नारायणगढ, दमौली सम्मका व्यापारीहरू पनि पर्वतका लप्सी फल्ने गाउँमा भेटिन्छन् ।

बोटबाटै लप्सी खरिद गरेपछि अहिले लप्सी झारेर लैजानको लागि नारायणगढबाट फलेवास पुगेका खिलप्रसाद शर्मा ले अरू जिल्लाको धेरैजसो लप्सी हाडे हुने र तिनमा गुदी कम हुने, बियाँ ठुलो हुने भएका कारण प्रशोधन गर्दा घाटा हुने बताए । तर, पर्वतको लप्सी बोसे,साना बियाँ, ठूलो दाना र धेरै गुदी भएकोले माग पनि राम्रो रहेको शर्माले बताए ।’

जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवाका थानेश्वर भुषालले गाउँमा नै सामुदायिक खाद्य प्रशोधन स्थापना गरेर गाउँभरीकै लप्सी खरीद गर्न थालेपछि मात्र पर्वतको लप्सीले बजार पाउन थालेको हो । भुसालले लप्सीबाट जाम, तितौरा, अमिलो, माडा, क्याण्डी लगायतका दर्जनौँ परिकार तयार पारेर स्वदेश विदेशसम्म निर्यात गर्दै आएका छन् । पर्वतमा वार्षिक करिब १४ हजार मेट्रिक टन लप्सी उत्पादन हुने गरेको अनुमान छ ।

error: Content is protected !!