पर्वत – महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो ।
गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २२० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन् ।
बीस जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ । गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११/११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ ।
गाउँपालिकाले पहिलो चरणमा ३७० जनालाई सीपमूलक तालीमसहित ‘महासिला विकास स्वयंसेवक’का रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालीमसहित ३६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताउनुभयो । महाशिला गाउँपालिकामा दुई हजार २०० भन्दाबढी परिवार बसोबास गर्दै आएका छन् ।
गाउँपालिकाका अध्यक्ष राजु पौडेल १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक रु ६ हजार तलब दिइने बताउनुहुन्छ । “गाउँपालिकाभित्र आवश्यक पर्ने शिक्षकदेखि सबै जनशक्ति तयार गर्न यस्तो अवधारणा अघि सारिएको हो,” उहाँले भन्नुभयो । रोजगारी पाएका सबैको न्यूनतम रु पाँच लाख बराबरको दुर्घटना बीमा गरिएको छ ।– रासस
I will immediately snatch your rss as I can not to find your e-mail subscription hyperlink or e-newsletter service. Do you’ve any? Please permit me know in order that I could subscribe. Thanks.
Hello, Neat post. There is a problem together with your site in internet explorer, may check this?K IE nonetheless is the market chief and a good component to other folks will miss your magnificent writing due to this problem.
I wish to convey my affection for your generosity in support of visitors who really want help with this one concept. Your special commitment to passing the message all around ended up being extremely productive and has in most cases allowed women just like me to get to their pursuits. Your personal invaluable tutorial denotes much to me and additionally to my office workers. Many thanks; from each one of us.