बझाङमा पनि लम्पी स्किनको प्रकोप

काठमाडौं । बझाङमा पशुमा लाग्ने लम्पी स्किन रोगले महामारी रुप लिएको छ । पशुलाई ज्वरो आउने, शरिरका बिभिन्न भागमा गाँठा गुँठी देखिने, पाक्ने र पशुहरु दुब्लाउदै जाने रोग देखिन थालेपछि पशुपालक कृषक चिन्तित भएका छन् । रोगले गर्दा कृषकले पालेका पशु मर्न थालेको किसानको गुनासो छ ।

बझाङमा लम्पी रोगका कारण झण्डै एकसय बढी पशुचौपाय मरिसकेको केदारस्युँ गाउँपालिका–४ का अध्यक्ष कल्यान मल्लले जानकारी दिनुभयो । अहिले यो रोगको संक्रमण केदारस्युँ गाउँपालिका भरी फैलिएको छ ।

गाईभैँसीमा हुने लम्पी स्किन रोग के हो ? पहिचान र नियन्त्रणका लागि के गर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here