माडी नगरपालिकाको अनुकरणिय अभ्यास ‘कृषिबाटै समृद्ध नगरको सपना’

चितवन – संविधानले परिकल्पना गरे अनुरुप देश संघीयतामा गएको छ । पहिलो अभ्यासको रुपमा रहेको संघीयता कार्यान्वयनको पाटो जती जटिल छ उती नै मात्रामा अवसर पनि । गाउँ गाउँमा सिंहदरबारको अवधारणा अनुसारको संविधान प्रदत्त गरेका अधिकारका सवालमा कती नागरिक जानकार छन र त्यो अधिकारको समुचित उपयोगमा स्थानीय तह कती सचेत छन भन्ने कुरा अहिलेको मुख्य विषय हो ।

संघीयताले नागरिकलाई राहत भन्दा आहात धेरै दियो भनेर चर्चा भइरहेको समयमा चितवनको माडी नगरपालिकाका नागरिक देशको पछिल्लो शासन व्यवस्थाबाट सन्तुष्ट देखिए । चितवन जील्लामा भएर पनि देशको अलग भागमा भएको जस्तो आभाष गर्ने माडीका नागरिक स्थानीय तहलाई सम्पूर्ण अधिकार गए पछि बल्ल सरकार भएको आभाष गर्न पाएका छन् ।

मत्स्य पालन माडीको पहिचान हो । मेयर ढकाल भन्नुुहुन्छ – ‘यसको बजारीकरण किसानको मुख्य समस्या थियो, तर नगरपालिकाले बजारीकरणमा सहजताका लागि सवारीको ब्यवस्था गरेको छ।’ साथै किसानलाई प्रोत्साहन गर्न मत्यपालनको प्रकृति अनुसार अनुदानको व्यवस्था पनि गरेको छ ।

‘हामीले लामो समय विकास र समृद्धिको भाषण गर्यौ, अब कार्यान्वयनको समय आएको छ’ माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भन्नुभयो । ‘संघीय सरकारले कृषि मार्फत देशलाई समृद्ध बनाउने सपना बोकेको छ’ ढकालले भन्नुभयो स्थानीय तहले संघीय सरकारको सपना साकार पार्न लाग्नुपर्छ ।

कृषि बाटै समृद्धिको सपना देखेको छ माडीले

निर्वाचन पछि स्थानीय सरकारले दुईवटा बजेट ल्यायो । माडी नगरपालिकाले पनि सोही अनुसार बजेटको तजुर्मा गर्यो । जसमा माडी नगरपालिकाको मुख्य प्राथमिकता कृषि थियो । पहिलो बजेटमा कुल ३ करोड २२ लाख कृषि तथा पशुपंक्षीका लागि छुट्याएको माडी नगरपालिकाले दोस्रो वर्षको बजेटमा कुल बजेटको ३ करोड ५० लाख रुपैयाँ कृषिका लागि विनीयोजन गरेको छ ।

विपन्न किसानको आर्थिक समृद्धि माडी नगरपालिकाको प्राथमिकता

‘किसानका लागि विनियोजित बजेटका लागि नगरपालिकाले छुट्टै निर्देशिका बनाएको छ’ मेयर ढकालले भन्नुभयो – ‘विपन्न किसानको पहिचानमा हामी सचेत छौ ।’ नगरपालिकाले किसानलाई प्रत्यक्ष रुपमा लाभान्वित बनाउन फरक किसीमको अवधारणाकाको विकास गरेको छ । जसले वास्तविक किसान नै नगरपालिकाको कामबाट लाभान्वित मात्र भएका छैनन् । कृषि कर्मबाटै समृद्ध नगरपालिकाको सपनामा हातेमालो गरेका छन् ।

समृद्ध माडी बनाउन नगरपालिकाको योजना

माडीलाई समृद्ध बनाउन नगरपालिकाको योजना अनुसरण गर्न योग्य छन् ।

  • दुग्ध व्यवसायमा आवद्ध किसानको दुध बिक्रिमा नगरपालिका सचेत छ । माडीमा उत्पादित दुध डीडीसीमा खपत हुन्छ । कुन किसानबाट कती दुध खपत भयो भन्ने कुराको लेखाजोखा नगरपालिकाले राख्छ र हरेक किसानलाई १ लिटर दुधमा कम्पनीले दिएको रकममा ३ रुपैयाँ बढाएर दिने गरेको छ । नगरपालिकाको यो कामले एक वर्षमा माडिमा दुध उत्पादनमा तेब्बरले बढेको मेयर ढकालको भनाई छ ।
    मत्स्य पालन माडीको पहिचान हो । मेयर ढकाल भन्नुुहुन्छ – ‘यसको बजारीकरण किसानको मुख्य समस्या थियो, तर नगरपालिकाले बजारीकरणमा सहजताका लागि सवारीको ब्यवस्था गरेको छ।’ साथै किसानलाई प्रोत्साहन गर्न मत्यपालनको प्रकृति अनुसार अनुदानको व्यवस्था पनि गरेको छ

 

  • नगरपालिकाको विपन्न परिवार समृद्ध योजना पनि गज्जबको देखियो । विपन्न परिवारलाई नगरपालिकाले कुखुराको खोर बनाइदिनेछ । साथमा २० माउ र १ भाले चल्ला निशूल्क उपलब्ध गराउनेछ । मेयर ढकाल भन्नुहुन्छ– ‘यसले किसानलाई जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ । ’
    विपन्न परिवारलाई आफ्नो पेशाप्रती बफदार बनाउन पनि नगरपालिका सचेत छ । यदी नगरपालिकाले दिएको सुविधाको दुरुपयोग गरे उनीहरुलाई नगरपालिकाले उपलब्ध गराउने अन्य सुविधाबाट बञ्चित गराइनेछ । तर उत्कृष्ट कर्म गर्ने कृषक भने नगरपालिकाबाट पुरुस्कृत हुनेछ ।आत्मनिर्भरताको यो योजना
  • माडी नगरपालिका निकुञ्ज भित्रको एक गाउँ हो । यहाँ प्रवेशका लागि मात्र दुईवटा नाँका छन् । ‘हामी आत्मनिर्भर बन्नका लागि माडी मै उत्पादित बस्तु तथा खाद्यान्नको उपयोग र बाहिरी सामानको आयातमा रोक लगाउने योजनामा छौ।’– मेयर ढकाल माडी नगरपालिकाका मेयर ढकालले भन्नुभयो– ‘यो योजनामा माडी बासी सहमत भए हामी छिट्टै फरक तरिकाको समृद्ध नगरको रुपमा विकास हुनेछौ ।’ माडीमा उत्पादित आलुले एक आर्थिक वर्षलाई अपुग भयो भने वाहिरबाट आलु ल्याएर माडी बासीले नखाने, मेयर ढकाल भन्नुहुन्छ –‘ हामीले आलुको साटो पीडालुले छाक टार्न सिक्यौ भने स्थानीय उत्पादनमा टेवा पुग्नेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here