एक दिन ढिला गरेर भित्रियो मनसुन

काठमाडौं । नेपालमा एक दिन ढिला गरेर मनसुन भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । बुधबार पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ ।

बुधबार साँझ ६ बजेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको लमजुङमा रहेको कुन्छास्थित वर्षा मापन केन्द्रमा भएको छ । त्यहाँ १०६.२ मिलिमिटर(एमएम) वर्षा मापन भएको छ ।

त्यसपछि सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा मापन गरिएको छ । दामनस्थित मापन केन्द्रमा ९२ एमएम वर्षा मापन भएको छ । मकवानपुरकै चिसापानीगढीमा ८५.६ एमएम वर्षा मापन भएको छ ।

मनसुनी प्रणाली पश्चिम नेपालसम्म पुग्न अझ केही दिन लाग्ने भएको छ । अरु बेला पनि ढिला केही दिन ढिला गरेर पश्चिम नेपाल पुग्ने मनसुनी प्रणाली यस वर्ष अरब सागरमा बनेको ‘बिपरजय चक्रावत’को आंशिक प्रभाव हुन सक्ने अनुमान गरिएको छ । उक्त चक्रवातले बिहीबार बिहान भारतको गुजरात र पाकिस्तानको कराँचीको बीचमा उग्र रूप लिने भभारतीय मौसम विभागले जनाएको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here