हप्ताको दुइदिन च्याउ खाने मान्छेको सम्झने क्षमता तेज – अध्ययन अनुसन्धान

  • एजेन्सी – विश्रमा शाकाहारीभन्दा मांशाहारी मानिसको संख्या नै धेरै रहेको छ । च्याउ शाकाहारी मानिसका लागि निकै स्वादिलो खानेकुरा हो । तर मांशाहारी मानिसका लागि भने च्याउ त्यती स्वादको खाना नहुन सक्छ । तर एक अध्ययनका अनुसार हप्ताको दुइपटक च्याउ खाने मानिसको स्मृति क्षमता तेज हुने देखाएको छ ।

सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ।

च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ । मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे । तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध छ भनेर प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन ।

न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा ६ सय ६३ जना ६० वर्षमाथिका चिनियाँ मूलका मानिस समाविष्ट थिए । सन २०११ देखि २०१७ सम्म उनीहरूको आहार र विहारको अध्ययन गरिएको थियो ।छ वर्षभन्दा बढी समय लगाएर गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरूले च्याउ खाँदा सिक्न र तर्क गर्न सक्ने क्षमतामा क्षय हुने सम्भावना घट्ने पत्ता लगाएका थिए ।

दुई चोटिभन्दा बढी च्याउ खानेमध्ये सयमा झन्डै नौ जनामा मात्र त्यस्तो समस्या भएको देखियो। तर हप्तामा एक चोटिभन्दा कम खानेमध्ये सयमा १९ जनामा त्यो समस्या भएको देखियो।

प्रतिक्रिया दिनुहोस

Leave a Reply