सकियो नापाको दोस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन

  • 113
  •  
  •  
  •  
  •  
  •  
    113
    Shares

अमेरिका । ‘कृषिमा परिवर्तन मार्फत विश्व खाद्य सुरक्षा’ भन्ने नाराका साथ सेप्टेम्बर २४ देखि शुरु भएको नापाको दोस्रो चार दिने भर्चुवल अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सेप्टेम्बर २८ मा सम्पन्न भएको छ ।

समापन समारोहमा अमेरीकाका लागि नेपालका वाणिज्य दूत प्रेमराजा महतले मन्तव्य राख्दै नापा नेपालीमूलका कृषि बैज्ञानिकहरु संगठित गर्न सफल भएको र यो सवै नेपालीको लागि गर्वको कुरा भएको बताउनुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै नापाका सल्लाहकार डा. नन्द जोशीले नापाले छोटो समयमा विभिन्न देशहरुका ४०० भन्दा बढि सदस्यहरुलाई समेटन सफल भएको बताउनुभयो ।

सम्मेलनमा नापाबाट प्रकाशित खाद्य सुरक्षा विषयक पुस्तकका बारेमा छलफल भएको थियो । सम्मेलनमा कृषिका विद्यार्थी लक्षित विभिन्न प्रतियोगात्मक कार्यक्रम पनि भएका थिए । समापन समाहरोहमा प्रतियोगात्मक कार्यक्रमका विजयीलाई पुरस्कार रकम हस्तान्तरण प्रकृयाका बारेमा नापाका कोषाध्यक्ष एवं सम्मेलन तयारी समितिका सचिव डा. सन्तोष ढकालले स्पष्ट पार्नुभएको थियो । समापन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएका थिए ।

कार्यक्रमको अध्यक्षता तथा संचालन नापाका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. लिला कार्कीले गर्नुभएको थियो । सम्मेलनका उद्धेश्यहरु जानकारी गराउनुका साथै सो पुरा गर्न यो सम्मेलन सफल भएको र यस सम्मेलन सफल बनाउन सहयोग गर्ने सवै महानुभावहरु प्रति धन्यवाद ज्ञापन गर्दै नापाका अध्यक्ष प्रा. डा. मेघनाथ पराजुलीले कार्यक्रम समापन गर्नुभएको थियो ।


  • 113
  •  
  •  
  •  
  •  
  •  
    113
    Shares
error: Content is protected !!