आर्थिक बृद्धिकाे मुख्य आधार कृषि, पर्यटन र निर्माण : सरकारी स्वेतपत्र

काठमाडौं, चैत १६ –

सरकारले नेपालको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ ।

अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण रहेको र आर्थिक परिसूचक सकरात्मक नभएको भन्दै यसले समग्र नेपालको आर्थिक अवस्था नै कमजोर भएको बताउनुभयो । अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक बताउँदै उहाँले गैरबजेटरी खर्चका नियन्त्रण हुन नसकेको बताउनुभयो ।

संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको स्वेतपत्रमा उल्लेख गरिएको छ । ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु, अर्थतन्त्र आयातमुखी हुन लगायतका कारण पनि नेपालको अर्थतन्त्रमा समस्या आएको उहाँले बताउनुभयो ।

अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने सरकारको नारालाई सार्थक बनाउन सरकार लागि पर्ने उहाँले बताउनुभयो ।

नेपालको आर्थिक बृद्धिका मुख्य आधार पर्यटन, निर्माण र कृषि भएकाले यीनमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।

देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि अर्थतन्त्रमा चुनौती थपेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

Comments are closed.

error: Content is protected !!