काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलको समस्या समाधानको माग राख्दै माईतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले रासायनिक मलखादको समस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताउनु भयो । उहाँले किसानले उत्पादन गरेको वस्तु बजार नपाउने तर विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको बताउनु भयो ।
नेपाल कृषिप्रधान देश भएपनि किसानले किसान भएर बाँच्न सक्ने अवस्था नभएको भन्दै उनीहरुले नेपाली किसानलाई सरकारले समयमा नै मल, बीउसमेत उपलब्ध गराउन नसकेको आरोप लगाएका छन् । कृषिमा वैदेशिक लगानीका विरोध गरेका उनीहरुले भूमि बैंक खारेजीको माग गरेका छन् ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?