नेपालको माटो सङ्कटका लागि स्वदेशी जैविक समाधान

नेपालको कृषि प्रणाली आज गम्भीर मोडमा छ। उत्पादन घट्दै गएको छ । मल र विषादीको प्रयोग बढ्दै गएको छ र किसानको लागत असह्य बन्दै गएको छ। यो सङ्कट केवल बजार वा अनुदानको होइन – यो माटोभित्रको जीवन मर्न थालेको सङ्कट हो।

देशका तराई, मधेश, पहाड र उपत्यका सबै क्षेत्रमा एउटै लक्षण देखिन्छ । मल हाल्दा पनि बालीले प्रतिक्रिया नदिनु,माटो कडा र निर्जीव हुनु र रोग–किरा नियन्त्रण गर्न झन्–झन् बढी विषादी चाहिनु। यसको मूल कारण हो – रासायनिक कृषि प्रणालीले माटोको सूक्ष्म जीव र जैविक संरचना ध्वस्त पार्नु।

रासायनिक निर्भरता र माटोको मृत्यु
विगत ३० वर्षमा नेपालमा रासायनिक मल र विषादीको प्रयोग गुणात्मक रूपमा बढेको छ। यसले प्रारम्भमा उत्पादन बढायो, तर दीर्घकालमा: माटोको जैविक कार्बन घट्यो,सूक्ष्म जीव नष्ट भए पोषक तत्त्व उपलब्ध भए पनि बालीले लिन नसक्ने अवस्था बन्यो। आज किसानले बढी मल हाल्दै जान्छ, तर उत्पादन स्थिर वा घट्दो हुन्छ। यही कारण नेपाल कृषि आयातमा झन् निर्भर बन्दै गएको छ।

मिसन नेपाली फर्टिलाईजर्सकाे वैज्ञानिक प्रस्ताव

यही सङ्कटलाई केन्द्रमा राख्दै मिसन नेपाली फर्टिलाईजसले तीन वटा एकीकृत जैविक प्रविधि विकास गरेको छ:
१.एबिसि (एसिडाेजेनिक बायाे क्याटालिस्ट)
२.ईबिडि(ईनहान्स्ड बायाे डिकम्पाेजर)
३.प्राेटिन लाईसिस प्रकृयामा आधारित जैविक  उत्प्रेरक

यी प्रविधिहरू नेपालको जीवाणु मल तथा माटो स्वास्थ्य निर्देशिका अन्तर्गत पर्ने जैविक सूक्ष्म जीव र जैव-उत्प्रेरक प्रणाली हुन्। यी कुनै “मल” होइनन् । यी माटो पुनर्जीवन गर्ने जैविक प्लेटफर्म हुन्। माटो सुधार: बाहिरबाट होइन, भित्रबाट
एबिसि ले माटोमा जैविक रूपमा सक्रिय वातावरण बनाउँछ, जसले थन्किएका पोषक तत्त्व घुल्न थाल्छन्।

ईबिडि ले ईन्जाईम प्रणालीमार्फत पराल,जरा र जैविक अवशेषलाई ह्युमस, एमिनो एसिड र स्थिर कार्बनमा रूपान्तरण गर्छ। यसले,  माटोको संरचना सुधार्छ,पानी सँचय क्षमता बढाउँछ र सूक्ष्म जीव पुनः स्थापित गर्छ। यसरी माटो फेरि उत्पादनशील बन्छ।

प्राेटिन लाईसिस प्रविधि :  (विषादीको जैविक विकल्प) 
नेपालमा विषादी प्रयोग बढ्दै गएको छ। यसको असर किसान, उपभोक्ता र वातावरण सबैमा परेको छ प्राेटिन लाईसिस प्रविधिबाट बनेका जैविक तत्वहरूले: बिरुवाको प्रतिरक्षा प्रणाली सक्रिय पार्छ,रोगजनक जीवाणु र किरासँग बिरुवालाई आफैँ लड्ने क्षमता बढाउँछ। यसरी विषादीको आवश्यकता क्रमशः घट्छ।

स्वदेशी प्रविधि, राष्ट्रिय लाभ 

यी सबै प्रविधिले नेपालको माटो,नेपालको जैविक स्रोत,नेपाली वैज्ञानिक सोचबाट विकसित भएका हुन्।
यदि यी प्रणालीलाई राष्ट्रिय स्तरमा विस्तार गरियो भने: मल र विषादी आयातमा अर्बौँ बचत,माटो स्वास्थ्य सुधार,दीर्घकालीन खाद्य सुरक्षा सम्भव छ। अब सरकारको निर्णय आवश्यक छ ।

आज नेपालसँग विकल्प छ: कि त रासायनिक निर्भरता बढाउँदै जाने वा स्वदेशी जैविक माटो पुनर्जीवन प्रणाली अङ्गाल्ने
मिसन नेपाली फर्टिलाइजर्सले दाेस्रो बाटो देखाएको छ।
अब आवश्यकता छ – सरकारी परीक्षण,प्रमाणीकरण र नीतिगत समर्थन।  यो केवल एउटा कम्पनीको विषय होइन।
यो नेपालको माटो, किसान र भविष्यको विषय हो।

लेखक हृदय राज गौतम मिसन नेपाली फर्टिलाइजर्स अन्तर्गत राजेश्वरि म्यानुफ्याक्चरर्स प्रालि सँग आबद्ध हुनुहुन्छ। उहाँ “एबिसि,ईबिडि र प्राेटिन लाईसिस” जैविक प्रविधिका अनुसन्धाता तथा विकासकर्ता हुनुहुन्छ, र उहाँका अनुसन्धानपत्रहरू विभिन्न अन्तर्राष्ट्रिय  वैज्ञानिक जर्नलहरूमा प्रकाशित छन्।