सरकारी उदासीनता र कृषकको छिटो कमाउने अभिलाषाले नेपालको रैथाने बाख्रा लोप हुन लाग्यो (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । पछिल्लो समय नेपालमा स्थानीय रैथाने बाख्राको सङख्या लोप हुने अवस्थामा पुगेको छ । देशलाई बाख्राजन्य मासुमा आत्मनिर्भर बनाउने सरकारी योजना र छोटो समयमा धेरै प्रतिफल प्राप्त गर्ने किसानको चाहनाका कारण कृषकहरु धेरै उत्पादन दिने बाह्य बाख्राप्रति आर्कषित भएका छन् ।

जसले गर्दा राम्रो उत्पादन दिने स्थानीय बाख्रा लोप हुने अवस्थामा पुगेको विज्ञहरु बताउँछन । यसै सम्बन्धमा रहेर हामीले लामो समय नेपालको रैथाने बाख्राको अध्ययन र अनुसन्धानमा लाग्नुभएका कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह प्राध्यापक डा. निराजन भट्टराईसँग कुराकानी गरेका छौं । प्रस्तुत छ सहकर्मी लक्ष्मण शर्मा र प्रदिप पौडेलले भट्टराईसँग गरेको कुराकानी ।

नेपालमा कती किसिमका रैथाने बाख्रा रहेका छन् ?

नेपालमा खासगरी चार किसिमका रैथाने बाख्रा छन् । ती चारवटा बाख्राहरु नेपालको भौगोलिक अवस्था अनुसार छरिएर रहेका छन् उच्च हिमालमा च्याङ्ग्रा उच्च पहाडी क्षेत्रमा सिन्हल जातका, पहाडी तथा मध्यपहाडी क्षेत्रमा खरी जातको बाख्राहरु पाइन्छन् ।

तराई क्षेत्रमा तराई जातको बाख्रा पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेका छन् । त्यसबाहेक तराइ र पहाडी क्षेत्रमा विभिन्न आयातित जातका बोकाहरुसँग क्रस गराएका क्रसब्रिड बाख्रा पनि नेपालमा पाइन्छन ।

पछिल्लो समय नेपालमा रैथाने जातका बाख्रारु लोप हुदै गएको र सरकारले संरक्षणमा ध्यान नदिएको भन्ने छ नी ?

रैथाने बाखा्रको संरक्षण, त्यसको प्रवद्धन विकासमा हामीले कम ध्यान दिएको हो कि भन्ने मनन हुन्छ । हाम्रा बाख्राहरुको नश्ल सूधाको मोडेल वर्षौदेखी के भयो भन्दा बाहिरबाट आयात गरिएकाहरुलाई क्रस गराउने र त्यसबाट उत्पादकत्व बढाउने मोडेलमा हामी गयौं । जुन कुनै पनि मानेमा दिगो हुँदैन । हामीले हामीसँग उपलब्ध नश्लको त्यसको छनौट पद्धतीद्धारा उत्पादन र उत्पादककत्व बढाउने अवसर हुँदाहुँदै पनि त्यसतर्फ न हामीले किसानलाइ बुझाउन सक्यौ न हाम्रा विकासे मोडलहरुमा प्राथामिकिकरण गर्न सक्यौ ।

अत्यन्त उच्च उत्पादककत्व भएका बाख्राहरु छनौट गरेर त्यसबिचमै हामीले प्रजनन गराउन सकिन्थो । हामीले हाम्रा रैथाने जातलाई हेला गय्रौ । विकासे जातका बाख्रालाइ हुक्राउन पालनपोषण गर्न जति दुख गय्रौ, त्यो हाम्रा रैथानेलाइ गरेनौ ।

तीनको दानापानी गोठसुधार लगायतमा ध्यान दिएनौ । आयातित बाख्रासँग क्रस गराउने र त्यसबाट उत्पादककत्व लिनेमा हामि केन्द्रीत भयौ । त्यो कति दिगो रहन्छ भन्ने कुरमा कसैको पनि ध्यान गएन् । त्यसैले हामीले हाम्रा रैथाने जातका बाख्राको सँरक्षण गरिनुपर्छ ।

एक हदसम्म कति सम्मको व्यवस्थापनले सबैभन्दा बढी कति उत्पादककत्व लिन सकिन्छ । त्यसमा अनुसन्धान केन्द्रित गर्नुपर्छ ।

सरकारले मासुमा आत्मनिर्भर गराउन विदेशी जातका बाख्राहरु आयातित गरेको छ तपाइको बिचारमा यो सरहानिय काम हो ?

राज्यले अहिलेको मागलाइ पुरा गर्न ल्याएको नश्ल सुधार लगाएतका कार्यक्रम बिल्कुलै गलत पनि होइन किसानको रोजाइ नै आयातित जाततिर गएको छ । त्यो बुझाइलाइ परिर्वतन गराउनु पर्छ । क्षणिक हिसावले केहि उत्पादककत्व बढेको छ, तर त्ये दिगो हुन सक्दैन । उन्नत प्रविधिहरु रिसर्च स्टेशन र ठुला किसानहरुसँग साझेदारीमा फार्ममा अनुसन्धान गरिनुपर्छ सिधै साना किसानकोमा पुर्याउनु गलत अभ्यास हो ।

त्यसबाट आएको नतिजाहरुबाट कति हदसम्म प्रसारमा ल्याउने भन्ने निर्कयोल गर्नुपर्छ । नत्र हाम्रा सन्ततीले रैथाने जातका बाख्राहरु देख्न पाउने छैनन् । चौधौ वर्षिय योजना सकिएर हामी पन्धौ योजनामा छौ र बाख्राको नश्ल विकासको हिसाबमा नतिजा र्हेदा हिजो हामी जहाँ थियौ त्यहि छौ जस्तो लाग्छ ।

अहिले पनि हामिले रैथाने जातहरु खोज्न गाहा्रे हुन थालिसकेको अवस्था छ । कित ती जातहरु जमुनापारीसँग क्रस भइसकेका छन् कीत बारबरीसँग । पछिल्लो समय साउथ अफ्रिका अस्टेलिया बाट आयातित बाख्राहरुका सन्नती हामिले धेरै किसानहरुकोमा पाउँछौ । अहिले हाम्रा रैथाने जातका बाख्राहरुको स्थिति भयाभह छ । भोलिको दिनमा हजारौ वर्षदेखी हाम्रो रेथाने बाख्राहरुसँग भएको जीन हराउने स्थितिमा छ ।

अहिलेको जलबायुमा थोरैमात्रै परिर्वतन हुँदा , कुनै पनि रोग महामारीको रुप लियो भने उन्नत बाख्रहरुले नसहन सक्छन् । हामिले हाम्रो खरिलाइ अन्तराष्ट्रिय बजारमा कहिले चिनाउने ? त्यसमा राज्य सँवेदनशील हुन जरुरी छ ।

सबै तहका सरकारहरुले चाहेमा गर्न नसकिने कुरा छैन । प्रदेश तथा स्थानिय सरकारले आफ्नो भुगोलमा पाइने स्थानिय जातको योजना बनाएर सँरक्षण गर्न सक्दछन ।

अब एउटा परियोजना अगाडी बढाएर प्रदेश सरकारहरु पनि लाग्न जरुरी छ । ७० वर्षसम्म आइपुग्दा कहिले जमुनापारी कहिले बारबारी बिटल र अहिले बोरको पछाडी लागीरहेका छौ । दुइवटा अलग अलग जात मिसीएर बनेको प्रजाती कहिले पनि सुद्ध हुन सक्दैन तीनीहरुमा बाझोपन , लगायतका समस्याहरु पनि देखिएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here