विभिन्न कार्यक्रम गरी ‘राष्ट्रिय चिया दिवस’ मनाइने

काठमाडौं । ‘राष्ट्रिय चिया दिवस’ को २७ औं संस्करण यही वैशाख १५ गते हुने भएको छ । ‘राष्ट्रिय चिया दिवस’ को २७ औं संस्करणको कार्यक्रम १४ गते काठमाडौंमा र १५ र १६ गते भने इलामको फिक्कलमा सञ्चालन हुने भएको हो ।

सो कार्यक्रमको अवसरमा नेपाली अर्थोडिक्स चियामा लागू हुने टे«साविलिटी प्रणालीको शुरुवातसँगै राष्ट्रिय चिया उद्यमीहरुलाई सम्मान समेत गरिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष डा.विष्णुप्रसाद भट्टराईले बताउनुभयो । उहाँले यस वर्ष गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ भन्ने मुल नारासहित मनाउन लागिएको बताउनुभयो ।

आ.व. २०७८/०७९ को तथ्यांक अनुसार नेपालमा २० हजार २१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार ३७९ मेट्रिक्टन चिया उत्पादन भएको बताउनुभयो । उहाँले अहिले १५ हजार बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमीकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेको बताउनुभयो ।

गत आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएकोमा आ.व.२०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिक्टन चिया निर्यात भएको बताउनुभयो ।

आ.व. २०७७/०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार ८२५ मेट्रिक्टन रहेकोमा आ.व. २०७८/०७९ मा बढेर १३ हजार ८८५ मेट्रिक्टन पुगेको पनि बताउनु भयो । उहाँले गत वर्षहरुमा भन्दा चियाको आयात पनि ४० प्रतिशत भन्दा बढीले घटेको बताउनु भयो ।

नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निकासी भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यातमा समस्या रहेको र मिसावटयुक्त रहेको जस्ता आरोपहरु खेप्नुपरेको भन्दै नेपाली चिया गुणस्तरयुक्त हुँदाहुँदै पनि कम मूल्यमा बेच्नुपर्दा क्षमताअनुसार नाफामुलक बन्न नसकेको गुनासो गर्नुभयो ।

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here