सिन्धुली । स्थानीय स्तरमा स्थापना भएका प्रशोधन उद्योगका कारण सिन्धुलीका कृषकलाई जुनार खेतीको व्यवस्थित विकास र विस्तार गर्न सहज भएको छ ।
सिन्धुलीको प्रमुख नगदेवालीको रुपमा चिनिने जुनार फललाई प्रशोधन गरी जुस, स्क्वास तथा अन्य विभिन्न खाद्य तथा पेय पदार्थ वनाउन थालिएको छ । सुन्तला जातको फलको रुपमा चिनिने जुनारको उत्पादन हिउँद महिनामा हुने र चिसोमा सस्तो मुल्यमा बिक्री गनुपर्ने जुनारलाई स्थानीय स्तरमा स्थापना भएका घरेलु प्रशोधन उद्योगलाई बिक्री गर्दा स्थानीय जुनार कृषकले राम्रो मुनाफा समेत पाएका छन् ।
सिन्धुलीको माडी बजारका घरेलु प्रशोधन उद्योगबाट जुनारको जाम, जुस स्क््वास सर्वत, कागती र निबुवाका विभिन्न चिसो पेय तथा खाद्य पदार्थसमेत तयार भई काठमाडौं लगायतका बजारमा बिक्री हुन थालेको छ ।