शेयर बजार नेप्सेमा व्यापक सुधार

काठमाडौं, वैशाख ५ –

नेपाल स्टक एक्सचेञ्ज नेप्से आज ३१.८३ अंकले बढेको छ ।

दोहोरो अंकको वृद्धि भएको नेप्सेमा १ अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेकाअनुसार १० वटै उपसमूहमा कारोबार रकम अधिकरुपमा बढेको छ । आज १ सय ६५ कम्पनीमध्ये १ सय २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

हाइड्रोपावर उपसमूहमा सबैभन्दा बढी प्रतिशत अर्थात् ६.९२ प्रतिशतको बढेको छ । विकास बैंक ४.२३, बैंकिङ २.८६, व्यापार २.१५, फाइनान्स २.०४, होटल, उत्पादन र अन्य उपसमूह १ प्रतिशतले बढेको छ भने बीमामा सबैभन्दा कम ०.९२ प्रतिशतले मात्र बढेको छ ।

बीमा रु ३९ करोड ३४ लाख, बैंक ३० करोड २३ लाख, लघुवित्त १५ करोड ७२ लाख तथा जलविद्युत् उपसमूहको १० करोड भन्दाको शेयर कारोबार भएको छ ।

error: Content is protected !!