काठमाडौं । सरकारले रसायन तथा विषादीको आयात तथा प्रयोगलाई नियमन गर्ने जनाएको छ । संसदमा नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विषादीको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधतामा आउने ह्रासको जोखिम न्यूनीकरण गरिने बताए ।
जैविक विषादीको उपयोगलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि, पशुपन्छी र खाद्य प्रयोगशालाहरुको विद्यमान अवस्थाको दायरा विस्तार गर्ने सरकारले जनाएको छ ।यस्तै सरकारले कृषि बिमाको दायरा विस्तार गर्ने भएको छ ।
विपन्न किसानलाई सहुलिय ॠण र परिचयपत्र दिने भएको छ । सव्यावसायिक खेतीमा बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण र बाली लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गर्ने सरकारले जनाएको छ । हेर्नुहोस सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ