समृद्धिका लागि सरकारले लिएको कृषि नीतिमा भारतले सहयोग गर्ने (सहमतीको पूर्ण पाठसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, चैत २५ – भारतको तीन दिने राजकीय भ्रकण सकेर प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । आज राति ८ बजे उहाँ नेपाल एयरलाइन्सको विमानबाट नेपाल आउनु हुने छ ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि विभिन्न विषयमा सहमती गर्नुभएको छ । नेपाल विकासको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको प्रवद्धनका लागि पनि प्रधानमन्त्री ओलीले विभिन्न सहमती गर्नुभएको छ ।

भारतले नेपालको कृषि क्षेत्रको प्रवद्धनका लागि कृषि क्षेत्रको विस्तारमा साझेदारी गर्ने सहमती गरेको छ । त्यस्तै नेपालमा अर्गानिक फार्मिङ, माटो परीक्षण, पशुपालन, कृषि अनुसन्धान, कृषि शिक्षा क्षेत्रमा सहयोग गर्न पनि भारत सहमत भएको छ ।

प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सहमतीको पूर्ण पाठ ।

१) नेपालको आर्थिक विकास र समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने ।

२) नेपाल र भारतको मित्रवत सम्बन्ध अझ बलियो बनाउने ।

३)नेपाल सरकारको ‘समृद्ध नेपाल खुसी नेपाली’ भन्ने नारा कार्यान्वयनमा साझेदारी गर्ने ।

४)नेपाललाई भारतसँग जोड्न काठमाडौंदेखि रक्सौलसम्म एक वर्षभित्र रेल मार्ग विस्तार गर्न र त्यसमा आफैले सर्वेक्षण गरी दुई पक्षीय सहमतिमा लगानी मोडल र परियोजन निर्माण अघि बढाउने ।

५)जयनगर– विजलपुरा– बर्दिवास र जोगबनी विराटनगरसम्मको रेलमार्ग विस्तारलाई तिव्रता दिने ।

६) नेपाल भारत क्रस बोर्डर लिङ प्रोजेक्ट ९न्यु जलपाइगुडी–काकरभित्ता, नौतनवा–भैरहवा, र नेपालगञ्ज रोड–नेपालगञ्जलाई तिव्रता दिने ।

७)नेपाल भारतको संयुक्त कार्यदलले निर्माणाधीन सीमापार रेल परियोजनामा रेल सेवाका लागि गरिरहेको काम सन्तोजनक रहेको र त्यसमा सहयोग गर्ने ।

८) जलमार्ग मार्फत कार्गो ढुवानीमा नेपाललाई समुन्द्रसम्मको पहुँच दिने ।

९) दुई देशबीच व्यापार तथा पारवहन सम्झौता संशोधनका लागि आवश्यक गृहकार्य गर्ने ।

१०) भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी कामलाई थप तीव्रता दिने ।

११) कृषि क्षेत्रको विस्तारका लागि पनि साझेदारी गर्ने ।

१२) अर्गानिक फार्मिङ, माटो परीक्षण, पशुपालन, कृषि अनुसन्धान, कृषि शिक्षा क्षेत्रमा सहयोग गर्ने ।

१३) हुलाकी राजमार्ग विस्तार गर्ने ।

१४) थप प्रसारण लाइन विकास गर्ने ।

१५) सप्तकोसी, सुनकोसी र पञ्चेश्वर तथा अरुण तेस्रो जलविद्युत आयोजना विस्तार गर्ने ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!