काठमाडौ ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्र्तगत कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनाको आयोजनामा विषादी र स्वास्थ्य सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
पौष २४ र २५ गते काठमाडौको होटल संखरमा आयोजित उक्त कार्यक्रममा विशेषत् बहुपछिय साझेदारी मार्फत रासायनिक विषादी न्युनिकरण गरि स्वस्थजन्य कृषि उत्पादन गरि मानवस्वास्थ्य सबल बनाउनुपर्ने कुरामा जोड दिइएको थियो । सम्मेलनमा विषादीले कृषिजन्य उत्पादन र वातावरणमा पारेको असरका सम्बन्धमा १३ जना विषय विज्ञहरुले आ– आफ्नो प्रस्तुति राखेका थिए । सम्मेलनमा नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी प्रमुख डा.महेशकुमार मास्केले प्राङगारिक र आइ. पी. एम. पद्धतिद्धारा उत्पादित कृषिजन्य वस्तुहरुको माग सिर्जनामार्फत बजार प्रर्वदन गनुपर्नेमा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा कृषि, स्वास्थ्य र वातावरण क्षेत्रमा कार्यरत १५० जना विज्ञ, विद्यार्थी र अन्य सरकारवालाहरुको उपस्थिति रहेको कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनका वरिष्ठ कृषि अधिकृत सुनिल दुलालले बताउनुभयो ।