पोलिटेक्निकले गर्यो कोरोनाको औषधी तथा खोपसम्बन्धी सेमिनार

  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

चितवन । नेपाल पोलिटेक्निक इन्स्टिच्यूट चितवनले नोवेल कोरोना भाईरस (कोभिड-१९) को प्याथोफिजियोलजी परीक्षण र औषधि तथा खोपको सम्भावना विषयक सेमिनार गरेको छ ।

(कोभिड(१९) प्याथोफिजियोलजी परीक्षण र औषधि तथा खोपको अनुसन्धानमा क्रियाशिल वैज्ञानिक डा.सन्तोष दुलालले उक्त समारोहमा विषेश प्रस्तुति दिनुभएको थियो । हाल विश्वव्यापी रुपमा फैलिएको (कोभिड-१९) संक्रमणबारे प्राविधिक तथ्य अनुसन्धानका गतिविधि, नेपालमा परेको असर र रोकथामका प्रयासका बारेमा उहाँले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संयोेजन इन्स्टिच्यूटका प्रबन्ध सँचालक ई. बावुराम उपाध्याय र डा. दिपक लम्सालले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न विश्वबिद्यालयका प्राध्यापक, विद्यार्थी र अन्य विभिन्न क्षेत्रका ३१६ जनाको उपस्थिति रहेको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट चितवनका प्रशासकीय अधिकृत जयप्रसाद घिमिरेले जानकारी दिनुभयो ।


  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here