सर्लाहीका उखु मिलहरुले किसानलाई समयमै भुक्तानी नदिदा उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् ।
सर्लाहीमा रहेका तीन उखुमिल मध्ये हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै भुक्तानी नदिएपछि किसानले उद्योगमा उखु बेच्न छाडेका हुन् ।
इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । तर अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुनेमा अन्योल रहेको छ ।
यसैबीच, सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य न्यूनतम मूल्य प्रति क्विन्टल ७ सय ५ रुपैयाँ कायम गर्न माग गरेका छन् ।
मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले इन्दुशंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल ७ सय ५ रुपैयाँ कायम गर्न माग गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले सोही अनुसार उखुको पनि मूल्य वृद्धि गर्न किसानले माग गरेका छन् ।
MCF 7 C or MCF 7R D were treated with 10 ОјM MG132 for 4 h before harvesting 60mg priligy
Listen up as we get into How, even at age 52, he s able to stay in great shape How he was seen as having on point presentation by his peers including Shawn Ray win ning multiple posing awards how can i get cheap cytotec online
91, and DFS event HR, 1 best place to buy clomid usa