भू–उपयोग नीति कार्यान्वयन गर्दा अराजकता आउन सक्छः साँसद गिरी

काठमाडौ:

प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद पदम गिरीले सरकारले ल्याउन लागेको भू–उपयोग नीति कार्यान्वयनमा थुप्रै चुनौतिहरु रहेको बतानुुभएको छ । बैठकमा बोल्दै सांसद गिरीले भु:उपयोग नीति सर्वाधिक महत्वपूर्ण कुरा रहेको औल्याउँदै यसको कार्यान्वयनमा चुनौतिहरु भने रहेको बताउनुभएको हो ।

गिरीले भूउपयोग नीति सम्बन्धि विधेयकका बारेमा बोल्दै सांसद गिरीले कार्यान्वयनको चरणमा अराजकता देखिन सक्ने दावी गर्नुभयो। उहाँले आवास र उद्योग क्षेत्रमा जग्गाका धनिहरु खुशी हुने तर कृषि क्षेत्रमा जग्गा पर्नेहरु वेखुशी भएर कार्यान्वयनमा चुनौति थपिन सक्ने कुरा उनले उल्लेख गर्नुभयो । कृषि क्षेत्रमा जग्गा पर्नेहरुका लागि सरकारले विशेष सहुलियत र सहयोग गर्नुपर्ने  सांसद गिरीको धारणा छ । सरकारले ल्याएको भुउपयोग नीति समग्रमा राम्रो हुँदा हुँदै पनि कार्यान्वयनमा ध्यान दिन यहाँले सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here