काठमाडौं, जेठ ६ – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विकास र समृद्धिका लागि कृषि, पर्यटन र जलस्रोेत नै नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । काठमाडौंमा फो एच नेपालको आयोजनामा भएको यूवा कृषि उद्यम सम्मेलनको उद्घाटन गर्दै मन्त्री सुनारले सरकारले लिएको विकास र समृद्धिको लक्ष्य हासिल गर्न युवाहरुलाई राष्ट्र निर्माण तर्फ जोड्न अत्यावश्यक रहेको जिकिर गर्नुभयो ।
मन्त्री सुनारले वर्तमान सरकारले बिकास र समृद्धीका लागि देशका युवाशक्तिलाई राष्ट्र निर्माण तर्फ जोड्न युवा लक्षित कार्यक्रम ल्याउने तयारी गरीरहेको बताउनुभएको छ ।
श्रम तथा उत्पादनसँग जोडिएका क्षेत्र अझैपनि परम्परागत र पुरातन शैलीमा निरन्तर अघि बढीरहेकाले पनि अहिलेका युवा, श्रम र उत्पादनसँग जोडिन नचाहेकोले आधुनिक तथा बैज्ञानिक प्रबिधिलाई अंगाल्नु पर्ने धारणा राख्नुभयो ।
मुलुकको महत्वपुर्ण क्षेत्र नै कृषि भएकोले कृषिमा विकाससँगै युवा लक्षित कार्यक्रमलाई सरकारले प्रथामिकतामा राखेको मन्त्री सुनारले बताउनुभयो ।