किसानले तरकारीको उचित मूल्य पाउनु पर्ने माग गर्दै काठमाडौंको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अगाडि विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौं उपत्यकासहित बाहिरी जिल्लाका किसानले उचित मूल्य पाउनु पर्ने भन्दै २ सय भन्दा धेरै किसानले विरोध गरेका हुन् । कृषि उपज सामग्रीकाे उचित मूल्यका लागि दबाबमुलक समितिका संयोजक टिका सुवेदीले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको तरकारीको लागत पनि उठेको छैन ।
किसानले एक किलो गोलभेडा उत्पादन गर्दा औसतमा ३० देखि ३५ रुपैयाँ पर्न जान्छ । तर विक्रि गर्दा १० देखि १५ रुपैयाँ मात्रै पाउने गरेको उहाँले बताउनुभयो । स्वदेशी उत्पादनले बजार नपाएको किसानले गुनासो गरेका छन् । भारतबाट सस्तोमा पाउने भन्दै अहिले धेरै व्यापारीले नेपाली उत्पादन किन्न छोडेका छन् ।