विराटनगर–अनुदान पाइने भएपछि मोरङका किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको दक्षिणी भारतस“ग सीमा जोडिएका गाविसमा केही बर्ष यता मकै खेती गर्ने किसान बढेका छन्। बुधनगर, मझारे, भातिगछलगायत १६ वटा गाविसमा मकै मिशन कार्यक्रम लागू गरिएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ। बीउ र मेशिनरीमा अनुदान दिन थालेपछि मकै खेतिमा किसानले रुचि देखाउन थालेको जिल्ला कृषि विकास कार्यालय मोरङका बाली संरक्षण अधिकृत जेनीलाल यादवले बताए।
यादवका अनुसार मकैको वीउ खरिद गर्ने किसानले हाइब्रिडमा प्रतिकिलो ६६ रुपैया“ र रामपुर कम्पोजिटमा प्रतिकिलो ५० रुपैया“ अनुदान पाउ“छन्। यसतै मेशिनरी औजार खरिदमा पनि ५० प्रतिशत अनुदान दिने गरिएको छ। सरकारले कृषि क्षेत्रमा अनुदानको ओइरो लगाए पनि लगानी अनुसार प्रतिफल भने प्राप्त हुन सकेको देखिंदैन। अनुदान पाइन्छ भनेर खेती गर्न उत्साहित हुने किसानले सहज रुपमा अनुदानको रमक नपाउने समस्या रहेको छ। यतिमात्रै हैन कृषि उपजको उचित बजार मूल्य नहुनु र मौसममा आधारित खेती प्रणालीले किसान समस्यामा पर्ने गरेका छन्। केही बर्ष यता बैदेशिक रोजगारीलगायतका कारणले मोरङमा कृषि मजदुरको पनि अभाव हुन थालेको छ। कतिपय बालीबाट लगानी उठाउन पनि किसानलाई हम्मे पर्ने गरेको छ।
धान, गहु“मा जस्तो मकै खेतीबाट निराश नै हुनुपर्ने अबस्था भने नरहेको मोरङ बुधनगर—२ का किसान मिथिलेश सरवरिया बताउ“छन्। बार्षिक ७ विघा खेतमा मकै लगाउ“दै आएका सरवरियाले मकै खेतिबाटै बार्षिक ७ लाख रुपैया“भन्दा बढी आम्दानी गर्दै आएका छन्। उनले आफ्ना दुई छोरालाई पनि खेति नै गर्न लगाएको बताए। विदेशमा भन्दा राम्रो आम्दानी गाउ“मै हुने भएकाले छोराहरूलाई विदेश नपठाई खेतीमै लगाएको उनको भनाइ छ। सरवरियाले भने, ‘वर्षको सातलाख रुपैया“ भन्दा बढी कमाई घरमै बसेर हुन्छ भने किन विदेश जाने?’, उनले मकै खेतीबाटै ट्याक्टर पनि जोडेको बताए।
मकै खेतीका लागि उन्नत बीउ भने नेपालमा अभाव रहेको सरवरिया बताउ“छन्। मकै खेतीका लागि उनी भारतीय बीउमै निर्भर छन्। मकै खेती गर्न चाहने अरु नातेदारलाई पनि भारतबाटै ल्याएर उन्नत जातको बीउ दिने गरेको सरवरियाले बताए। मकै खेतीमा किसानको आकर्षण बढेस“गै बुधनगरमा भाडामा खेत लिएर पनि मकै खेती गर्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। केही बर्ष पहिलेसम्म हिउ“दमा बा“झै रहने यस क्षेत्रका अधिकांश खेतमा यतिवेला मकै खेती गरिएको पाइन्छ। प्रायजसो कातिक र फागुनमा किसानले मकै खेती गर्दै आएका छन्। मोरङको बुधनगरमा मात्रै हैन भाथिगछ र मझारेमा पनि मकै खेतीमा किसानको क्रेज बढेको छ।
मकै खेतिमा निक्कै राम्रो फाइदा हुने भएकाले आफूले ४ बिघा खेतमा मकै लगाएको मोरङ मझारे—८का किसान रजनिशकुमार सिंह बताउ“छन्। मकै खेतीमा राम्रो फाइदा भए पनि उन्नतजातको बीउ र कृषि मजदुर अभाव मुख्य समस्या रहेको बताए। उनी पनि भारतीय बीउमै निर्भर छन्। भारतबाट बीउ खरिद गर्दा प्रतिकिलो ८ सय रुपैया“ पर्ने सिंह बताउ“छन् ।
प्रतिकिलो ८ सयमा किनेको बीउमा सरकारले प्रतिकिलो ६६ रुपैया“ सम्म अनुदान दिने गरेको छ । सरकारी अनुदानले मकै खेतिमा किसानको आकर्षण केही बढे पनि नाममात्रको अनुदानले झन् सास्ती हुने गरेको सिंहको गुनासो छ । ८ सयमा किनेको बीउको ६६ रुपैया“ अनुदान लिन निक्कै लामो प्रकृया पूरा गर्नु पर्ने उनी बताउ“छन् । बीउका लागि पाइने अनुदान रकम मकै पाक्दा सम्म पनि किसानको हातमा नपुग्ने गरेको सिंहको गुनासो छ।
मकै खेतीबाट राम्रो आम्दानी हुने र बजारकोसमेत समस्या छैन । मकै बेच्न समस्या नभए पनि सिजनमा मूल्य न्यून हु“दा किसान मर्कामा पर्ने गरेका छन्। सिजनमा न्यूनतम सा“ढे १ हजार ६ सय देखि २ हजार रुपैया“ मन सम्मले मकै बिक्री हुने गरेको छ। भण्डारण गरेर राख्ने किसानले भने २ हजार ५ सय रुपैया“सम्मले मकै बिक्री गर्दै आएको किसानहरू बताउ“छन् । नेपालमा मकैको माग उच्च रहेको छ ।
जनबरलाई खुवाउन देखि दैनिक उपभोगका विभिन्न परिकार पकाउन पनि मकैको प्रयोग हुने गरेको छ । कम लागतमा देशभित्रै प्रयाप्त उत्पादन गर्न सकिने संभावना भएपनि हरेक बर्ष मकै र यसका परिकारको आयात उच्च रुपमा बढ्दै गएको छ । किसान मैत्री नीति ल्याएर मकै उत्पादनलाई सरकारले प्राथमिकता नदिंदा अनुदान पाइन्छ भन्ने आशाले खेती गर्नेहरू पनि समयमा अनुदानमा पाइने थोरै रकम पनि नपाउ“दा निराश हुने गरेका छन् ।
यता जिल्ला कृषि विकास कार्यालय मोरङले मकै उत्पादनका लागि अनुदान दिने र केही गाविसमा मकै किशन कार्यक्रम ल्याए पनि यस्ता कार्यक्रमले जिल्लाका सबै गाविस तथा नगरपालिकाका किसानलाई समेट्न सकेको छैन। यही कारण अनुदान दिँदा र नदिँदाको अवस्थामा मकै खेतीमा खासै फरक नदेखिएको जिल्ला कृषि विकास कार्यालय मोरङकै तथ्याङकले देखाउ“छ ।
तथ्याङक अनुसार ६ बर्ष पहिले आर्थिक बर्ष ०६७/६८मा मोरङमा बार्षिक २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतिबाट ७५ हजार ६ सय ८० मेट्रिकटन उत्पादन भएको थियो । आर्थिक बर्ष ०७२/७३मा २२ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतिबाट १ लाख ५ सय ७५ मेट्रीकटन उत्पादन भएको छ । यस अबधिमा १ हजार हेक्टरमा मात्रै मकै खेति बिस्तार भएको देखिन्छ । यता मौसमले साथ दिएका कारण उत्पादन भने २५ हजार मेट्रीकटनले बढेको छ । आर्थिक बर्ष ०७१/७२मा २२ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको खेतिबाट ८८ हजार ८ सय ८५ मेट्रीकटन मकै उत्पादन भएको थियो ।
buy priligy pills venlafaxine ciloxan collyre prix maroc But why health and not another gaming company
Am J Transl Res 2017; 9 1088 100 [url=https://fastpriligy.top/]what is priligy dapoxetine[/url] Neonatal antibiotics and prematurity are associated with an increased risk of functional gastrointestinal disorders in the first year of life