म्याद सकिएकाे पाउडर दूध बेच्ने डेरीमा कृषि मन्त्रालयले गर्‍याे शिलबन्दी

[dropcap][/dropcap]

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेका दुईवटा डेरीका चारवटा गोदाममा कृषि मन्त्रालयले शिलबन्दी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसहितको टोलीले सोमबार अनुगमन गर्दै ४ वटा गोदाममा शिलबन्दी गरेको छ । आधुनिक डेरी पोड्क्ट प्रालिका तीन वटा गोदाम र पुष्प डेरीमा शिलबन्दी गरिएको हो ।

भारतबाट आयात गरिएका म्याद नाघेकाे पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको पाइएपछि शिलबन्दी गरिएको हो । उद्योगको गोदाममा मिति गुज्रिएको पाउडरका बोरा भेटिएका थिए ।

भारतबाट एक बोरा किन्दा अर्को एक बोरा सित्तैमा पाइने पाउडर मिसाउँदै दुधका प्याकेट बनाएर गुणस्तरहिन दूध बेच्ने गरेको पाइएको छ ।
सामूहिक कृषक लिमिटेडको उत्पादन सुलभ डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डिडिसी)मा पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले परिणाम नआउँदासम्म अनुगमन जारी राखिने बताए । यसअघि सोमबार बिहान काठमाडौँका सबै डेरीबाट दुग्धजन्य पदार्थको ३० वटा नमुना संकलन गरेर गुणस्तर तथा नापतौल विभागमा परीक्षणका लागि पठाइएको छ । त्यसको परिणाम बेलुकी सम्म दिन मन्त्री खनालले निर्देशन दिएका छन् ।

केही दिन यता मन्त्री खनालले अनुगमनलाई निरन्तरता दिइरहेका छन् । यसअघि कालिमाटी र बालाजुका ९९ वटा फलफूल, तरकारी र माछा व्यापारीलाई कारबाहीको सूचिमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here