तरकारीको उचित मूल्य पाउनु पर्ने माग गर्दै किसानकाे अान्दाेलन

किसानले तरकारीको उचित मूल्य पाउनु पर्ने माग गर्दै काठमाडौंको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अगाडि विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकासहित बाहिरी जिल्लाका किसानले उचित मूल्य पाउनु पर्ने भन्दै २ सय भन्दा धेरै किसानले विरोध गरेका हुन् । कृषि उपज सामग्रीकाे उचित मूल्यका लागि दबाबमुलक समितिका संयोजक टिका सुवेदीले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको तरकारीको लागत पनि उठेको छैन ।

किसानले एक किलो गोलभेडा उत्पादन गर्दा औसतमा ३० देखि ३५ रुपैयाँ पर्न जान्छ  । तर विक्रि गर्दा १० देखि १५ रुपैयाँ मात्रै पाउने गरेको उहाँले बताउनुभयो । स्वदेशी उत्पादनले बजार नपाएको किसानले गुनासो गरेका छन् । भारतबाट सस्तोमा पाउने भन्दै अहिले धेरै व्यापारीले नेपाली उत्पादन किन्न छोडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here