पत्याउनुहुन्छ ? ३१ लाखको दुइटा खरबुजा

खरबुजा दुनियाको सबैभन्दा महंगो फल भनेर सायदै कसैले पत्याउला । तर जापानमा दुईवटा खरबुजाले दुनियाँकै महंगो फलको रुपमा आफूलाई प्रमाणित गरेका छन् ।

जापानमा हालै खरबुजाको लिलामी भएको छ । उक्त लिलामीका दौरान दुईवटा विशेष खरबुजा ३१ लाख भन्दा धेरै मूल्यमा बिकेका छन् ।

युबरी नामले चर्चित ती खरबुजा उत्तरी होक्काइडोको साप्पोरो सेन्ट्रल होलसेल मार्केटमा रहेको एक स्थानीय फलफूल प्याकिंग कम्पनीले यति महंगोमा खरीद गरेको हो ।

जापानमा खरबुजाको लिलामी बेलाबेलामा भैरहन्छ । तर विगतमा प्रिमियम खरबुजा बढीमा १५ हजार सम्ममा बिक्ने गरेको थियो ।

तर पछिल्ला युबरी खरबुजाको एक जोडी २९ हजार ३ सय डलर अर्थात् करीब ३१ लाख ६० हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भएका हुन् ।

जापानमा खरबुजालाई सम्मानसँग जोडेर हेरिन्छ । युबरी खरबुजालाई त्यहाँ मानिसको प्रतिष्ठाको प्रतिकको रुपमा लिइन्छ । मानिसहरु प्रियजन तथा साथीहरुलाई उपहार दिनका लागि पनि युवरी खरबुजाको प्रयोग गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here