पर्वत – पर्वतको विकट गाउँमा अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग सञ्चालनमा आएको छ । पोखरा विश्वविद्यालय र दक्षिण कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी ३ देउरालीस्थित घुरुंगामा नयाँ प्रविधिसहितको उद्योग खोलिएको हो ।

अल्लोको लोक्तालाई पकाउँदा, कुट्दा र धागो निकाल्दा समय र लागत समेत अत्यधिक पर्न थालेपछि लघु उद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. अजय थापाले बताउनु भएको छ  ।

लघु उद्यमीका लागि थोरै समयमै धेरै उत्पादन लिन सकियोस् भन्ने उद्देश्यले थापाले उक्त प्रविधिको अन्वेषण गर्नुभएको हो  । झन्डै २० लाख रुपैयाँ लागतमा उद्योग खोलिएको उहाँले बताउनु भयो  ।

अन्वेषक थापाका अनुसार परम्परागत रूपमा हुँदै आएको अल्लो प्रशोधनलाई कसरी सस्तो, छिटो र व्यावसायिक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा नयाँ प्रविधिको विकास गरिएको हो र यसले ग्रामीण क्षेत्रका लघु उद्यमीलाई फाइदा पुग्ने उहाँको भनाई छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here