काठमाडौं, वैशाख ७ –
शुक्रबार पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् ।
प्रिमनसुनी गतिविधि सक्रिय भएकाले दिउँसोपछि सामान्यतया बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज विशेषगरी पहाडी भूभागमा पानी पर्नेछ । अहिले धेरै ठाउँको मौसम आशिंक बदली भएको छ ।
पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले राति पनि काठमाडौं उपत्यकासहित केही ठाउँमा हुरीबतास र गड्याङगुडुङसहित पानी परेको थियो । शनिबारदेखि भने यो प्रणाली केही कमजोर हुने मौसमविद्हरुको अनुमान छ ।