सल्लाघारी बहुउदेश्यीय सहकारीको करोडौं खाएर भाग्ने तयारीमा के.सी र कार्की

काठमाडौं । काठमाडौंको खिचापोखरी प्रधान कार्यालय रहेको सल्लाघारी बहुउदेश्यीय सहकारी संस्थाका दुई सञ्चालकका कारण बचतकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ।

बजारबाट संकलन गरिएको सर्वसाधारण बचतकर्ताको करोडौं रुपैयाँ लिएर सञ्चालकद्धय विरेन्द्र के.सी र बालगोपाल कार्की भाग्ने तयारीमा छन ।

लामो समयदेखि सम्पर्कबिहीन रहँदै आएका के.सी र कार्कीमाथि प्रहरीमा उजुरी परेपनि उनीहरुलाई नियन्त्रणमा नलिइएको बचतकर्ताको गुनासो छ । उक्त सहकारीले बचतकर्ताको पैसा मात्र होइन ऋणीहरुले बन्धक राखेको जग्गा समेत हिनामिना गरेको बचतकर्ताहरु बताउँछन ।

के.सी र कार्कीले अनियमितता गरेकै कारण सल्लाघारी बहुउदेश्यीय सहकारीका हजारौं बचतकर्ता विखलबन्दमा परेका छन । बचतकर्ताको करोडौं रुपैयाँ सञ्चालकद्धय के.सी र कार्कीले एसटुएस मार्टमा लगानी गरेको पाइएको छ ।

अपचलन गरेका सञ्चालकद्धयमाथि प्रहरीले निगरानी नबढाउँदा विदेश भाग्ने तयारी गरिरहेको बताइएको छ । *

लामो समयदेखि सहकारीमा उपस्थित नभएका के.सी र कार्की विदेश भाग्ने तयारी रहेको सूचना पाएपछि बचतकर्ताले उनीहरुको खोजी तीव्र पारेका छन ।