काठमाडौं – नेपालमा बर्षेनि धानको उत्पादन बढ्दै गएपनि मुलुकको माग धान्न सकेको छैन । आवश्यकताभन्दा १८ लाख टन कम धान उत्पादन हुँदा अझैपनि छिमेकी मुलुकबाट बर्षेनि अरबौँको चामल आयात गरिरहनु परेको छ ।
भन्नमा कृषिप्रधान मुलुक, अनि जलस्रोतका हिसाबले पनि विश्वकै दोस्रो धनी । तर, मुख्य बालीको रुपमा रहेको धानमा नै आत्मनिर्भर हुन सकेको छैन । नेपालमा बार्षिक लगभग ७० लाख मिलियन टन धान खपत हुने गरेको छ । जसमध्ये तराई र मध्य पहाडी क्षेत्रमा गरी ५२ लाख ३० हजार ३ सय २६ मेट्रिक टन नेपाली भूमिले धानेको छ । बाँकी १८ लाख मेट्रिक टन चामल भारत, चीन, बंगलादेश लगायतका मुलुकहरुबाट आयात हुने गरेको छ ।
धानमा आत्मनिर्भर हुन नसक्नुमा नेपालको भौगेलिक अवस्था त छँदैछ सिँचाइ र प्रविधिको अभाव मुख्य कारक रहेका छन् । धान उत्पादनको ७४ प्रतिशत हिस्सा ओगटेको तराईमा समेत सिँचाइको पर्याप्त व्यवस्था छैन । मध्ये र उच्च पहाडी भागमा त आकाशे पानीकै भर पर्नुपर्ने हुन्छ । १ किलो धान उत्पादन हुन २५ सय लिटर पानी चाहिन्छ तर, फूल फूल्ने समयमा खडेरी परेमा ८० प्रीतशत सम्म उत्पादनमा ह्रास आउँछ ।
हाइब्रिीड बीउ सामान्य धानको तुलनामा २ गुणासम्म बढी उत्पादन हुने भएपनि त्यसका लागि आवश्यक मलखाद र सिँचाइ सुविधा नहुँदा नेपालमा हालसम्म यसको प्रयोग गरिएको छैन । सरकारले खडेरी र बाढी धान्न्सक्ने बहुगुणी, स्वर्णा सवन, सोना मन्सुलीजस्ता विभिन्न जातका बीउ भित्र्याएको भएपनि यसको वितरण सबै जिल्लासम्म हुन सकेको छैन ।
हाल नेपालमा ८४ प्रकारका धान उत्पादन हुन्छन् । त्यसमा पनि हालसम्म प्रविधीमैत्री कृषी प्रणली नहुँदा नेपालको उर्वर भूमिको क्षमताअनुरुपको धान उत्पादन हुन नसकोको हो ।