शुक्रबार लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
राति १२ बजेर ९ मिनेटमा सुरु भएको ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाकेको थियो ।
अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देखेका थिए । त्यसपछि ग्रहण क्रमशः कम हुँदै गएर राति ४ बजेर ४ मिनेटमा सकिएको थियो । हेराैँ तस्बिरमा चन्द्रग्रहण :
तस्बिर : बीबीसी, ईपीए, गेट्टी इमेज