पशुपंछीबाट मानिसमा सर्नसक्ने रोगहरू मध्ये रेविज पनि एक महत्वपुर्ण रोग हो । हरेक वर्ष विश्वका कम्तीमा ५५ हजार मानिसहरु यो रोगको कारणले मर्ने गरेको तथ्यान्कहरुले देखाउछन ।
लक्षणहरूः
क)बौलाहा अवस्थाः कुकुर आक्रमक खालको हुने, नजिकको पदार्थहरू टोक्ने, जोडले चपाए जस्तोगर्ने, कराई रहने, स्वरमा परिवर्तन हुने, चिथोर्ने, पुच्छर खुट्टामुनी राखेर हिड्ने, बाटोमा भेटाएका जति सबैलाई टोक्दै भाग्दछ । जिब्रो बाहिर निकाल्ने र धेरै ¥याल बगाईरहने हुन्छ ।
ख)लाटो अवस्थाः बौलाहा कुकर लाटो, बोल्न नसक्ने हुन्छन्, कुकुरहरू एउटा कुनामा गएर लुकेर बस्छ । मुखबाट ¥याल चुहाई राख्छ । खाना खान छोड्छ र बोलाउँदा पनि नसुन्ने र यस्तो भएको ४ देखि ५ दिन भित्र मर्दछ ।
गाई, भैंसी र अन्य जनावरहरूमा यो रोग लागिसकेपछि विस्तारै खाना बन्द भई छट्पटाउने,
विना कारण डुलिरहने, कराउने, उफ्रने, आँखा ठूल्ठूला पारी कान ठाडो पारेर हेर्ने र सिंङ्गले
हिर्काउन खोज्छ । रोगले ग्रसित भइसकेपछि बिस्तारै आवाज पनि भिन्न निस्कने हुन्छ । रोगले ज्यादै ग्रस्त पारिसकेपछि जनावरहरू भुईमा लड्ने, मुखबाट ¥याल प्रशस्त मात्रामा काढ्ने गर्दछ । र अन्तमा, जनावर पक्षघात भएर मर्दछ ।
रोकथामः
घरपालुवा कुकुर बिरालो आदिलाई रेविजविरूद्ध खोप लगाउनुपर्दछ । पहिलो पटक खोप लगाउँदा ३ महिनाको उमेर कटेपछि लगाउने र प्रत्येक वर्ष दोहो¥याउनु पर्दछ ।