कृषि सम्बन्धी शिक्षा नीतिलाई आगामी दिनमा विद्यार्र्थी र उद्यमीबीच सहकार्य गराउँदै उद्यमशीलता तर्फ जोड्ने खालको हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको ‘राष्ट्रिय कृषि तथा वन विज्ञान सम्बन्धी शिक्षा नीति’ विषयक कार्यशालाका वक्ताहरुले देशको माटो सुहाउने खालको कृषि नीति आवश्यक रहेको बताएका हुन । केही वर्ष अगाडिसम्म देशले धान लगायतका कृषिजन्य उत्पादन विदेश निर्यात गर्ने गरेकोमा अहिले विदेशबाट आयात गर्नुको पछाडि समयसँगै कृषि नीति परिवर्तन नहुनु विज्ञहरुको भनाइ छ ।
सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर हुने गरि कृषि नीति ल्याएको भएपनि कुखुराजन्य वस्तु बाहेक अन्य उत्पादनमा आत्म निर्भर हुन सकेको छैन । मासु, दूध, अन्नबाली लगायतका कृषिजन्य उत्पादनमा समेत आत्म निर्भर बन्नका लागि किसानलाई अनुदानका साथै कृषि भूमिको उचित व्यवस्थापन हुनुपर्ने विज्ञहरुले सुझाव दिए ।
कार्यक्रममा शिक्षा, कृषि तथा वन विज्ञान सम्बन्धी प्रा.डा. कैलाशनाथ प्याकुरेल, प्रा.डा. मोहदत्त शर्मा, डा. विष्णुराज उप्रेती, डा. एडेग्गबोला र प्रा.डा. अभयकरमार दासले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशालाका प्रमुख अतिथि कृषि तथा पशुपंछी मन्त्रालयका सचिब युवक ध्वज जिसीले अवको कृषि शिक्षा अनुसन्धान तथा प्रयोगात्मक हुनुपर्ने बताउनुभयो । साथै कृषि शिक्षा उधोगहरु तथा सरकारका निकायसँग समन्वय गरेर विद्याथीलाई अनुसन्धान तथा प्रयोगात्मक शिक्षामा लगाउने किसिमको हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपति प्राडा ईश्वरीप्रसाद ढकालले आफ्नो विश्वविद्यालय ल्याण्डग्राण्ड मोडलको भएकाले अनुसन्धान, प्रसार र उत्पादनमा जोड दिइएको बताउनुभयो ।