सरकारी जागिरले नदिएको सन्तुष्टि मौरिपालनले दियो

मौरिपालक किसान अर्जुन होमागाइ
  • प्रदिप पौडेल 

चितवन – उमेरले ४७ वर्ष पुग्नुभएका चितवनको कालिका नगरपालिका ६ का अर्जुन उमागाइ पेशाको हिसाबले खाद्य सँस्थानमा काम गर्नुहुन्थ्यो ।

अर्थशात्रमा स्नातक तह उर्तीण गर्नुभएका उहाँ खाद्य सँस्थानको जागिरबाट सन्तुुष्ट नभएपछि मौरिपालनमा लाग्नुभयो । उहाँले मौरिपालन व्यवसायमा हात हालेको भने ६ वर्ष मात्र पुगेको छ । ६ वर्ष पहिले जम्मा ५ घारबाट व्यवसाय थाल्नुभएका होमागाइ अहिले ५० घार मेलिफेरा जातका मौरी स्याहारेर मनग्य आन्दानी लिन थाल्नुभएको छ ।

मौरिपालक किसान अर्जुन उमागाइ

उहाँले मौरिबाट नै ६ जनाको परिवार राम्रोसँग चलाउदै आउनुभएको छ । मौरिपालनका लागि उहाँले जिल्ला कृषि विकास कार्यालय, मौरिपालक किसान महासँघ, बाट तालिम लिनुभएको थियो ।

तत्कालिन कृषि कार्यालयबाट २ वर्षअघि १ लाख ८० हजार युवा स्वरोजगार अन्र्तरगत अनुदान पनि लिनुभएको छ । अहिले वार्षिक उत्पादन प्रतिघार ५० केजी र कुल वार्षिक उत्पादन २.५ टन हुने उहाँले बताउनुभयो ।

उत्पादन भएको महबाट ७ लाख ५० हजारको कारोवार हुने गर्दछ र त्यसबाट २ लाख ५० हजार उत्पादन खर्च कटाएर खुद नाफा ५ लाख हुने उमागाइ बताउनुहुन्छ । उत्पादन भएको महको ७५ प्रतिशत काठमाडौ, २० प्रतिशत पोखरा र बाकी हिस्सा चितवनको बजारमा खपत हुने गर्दछ ।

अहिले उत्पादित मह होलसेल रु ३०० र खुदा रु ५०० मा कारेबार हुने उहाँले बताउनुभयो । महमात्रै नभएर उहाँले तयारी घार १० फ्रेमको १० हजारको दरले विक्री गरिरहेको समेत बताउनुभयो । मह उत्पादनको लागि चरण क्षेत्रको अभाव भएकोले चराउनको लागि तराइको सर्लाही लगाएतका जिल्ला र पश्चिममा दाङ्ग पुर्याउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

मह उत्पादन गरेर राम्रो आन्दानीलिन सकिने तरचरण क्षेत्रको अभाव, बजारको समस्या, वर्षैपिच्छे नयाँ रोगको सँक्रमण हरने तर दक्षताको अभावले रोग लाग्दा उचित तवरले व्यवस्थापन गर्नको लागि समस्या, आधार चाका पर्याप्त मात्रामा पाउन गाह्रो, जस्ता समस्या विद्यमान भएको तर यस्ता समस्यालाइ समाधान गर्ने र बजारको सुनिश्चता सरकारले गर्ने हो भने महबाट राम्रो कमाइ गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

मौरीलाइ वर्षमा तीन महिना कृतिम आहारा अर्थात चास्नी दिनुपर्दछ । चास्नीमा चनाको पिठो, भटमास, मकै, मह बराबर अनुपातमा मिसाएर मौरीलाइ दिने गरेको उहाँले बताउनुभयो ।

महको उत्पादन पछि आवश्यक पर्ने प्रशोधन केन्द« स्थापना तथा अन्तराष्ट्रिय बजारसम्म कारोबार गर्नको लागी सरकारले उचित वातावरणको निर्माण गर्नुपर्ने, मौरिको नश्ल सुधार गरेको उन्नत जातको मौरीको राना सरकारले सहयोग गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here