कृषि डेली । कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आउदो फागुन महिनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । निजी क्षेत्रलाई ब्यवसायिक रुपले कफीमा प्रवेश गराउनकालागी तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको, तर न्यून उत्पादन बढाउने उद्देश्यले पहिलो पटक सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय स्तरमा गुणस्तर मानिदै आएको भएपनि यसबाट नेपालले अहिलेसम्म न त्यति राम्रो सदुपयोग गर्न सकेको छ, नत फाईदानै लिन सकेको छ । बोर्डको आयोजना र युरोपेली संघअन्तर्गत ‘टिपिएचडी’को आर्थिक तथा प्राविधिक सहयोगमा सो सम्मेलन हुने लागेको वोर्डका प्रवक्त दिपक खनालले वताए । नेपालमा कफी उत्पादनको सम्भावना धेरै भएपनि यसको खेती खासै गर्न नसकिएको वोर्डले ठम्याई छ ।
नेपालमा उत्पादित कफी कोरिया, जापान, जर्मनी, अमेरिका, युएई र भारत लगायतका अन्य मुलुकहरुमा निर्यात भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८ हजार मेट्रिकटन भएपनि उत्पादन ५ सय १३ मेट्रिकटनमा सीमित रहेको वोर्डको तथ्याङक छ । नेपालमा अराविका जातको कफी खेती हुन्छ ।
नेपालमा ११ लाख हेक्टर क्षेत्रफलमा कफीको खेति हुने सम्भावना रहेको छ । त्यसमा १ लाख हेक्टर क्षेत्रफललाई कफीको उत्पादनको दृष्टिकोणले अति उत्तम क्षेत्रकारुपमा वोर्डले लिएको छ । वोर्डको तथ्याङक अनुसार नेपालमा अहिले ३२ हजार ८ सय ७० कृषकहरु कफी खेतीमा आवद्ध छन् । स्याङजा, कास्की, गुल्मी, अर्घाखाची, पर्वत, वागलुङ, नुवाकोट र ललितपुरका किसानहरुले प्राय कफी खेतीलाई ब्यवसायीक रुपमा अंगाल्दै आएका छन् । आर्थिक वर्षको २०७४/७५ को तथ्याङकलाई केलाउने हो भने सवैभन्दा वढी स्याङजा जिल्लावाट ४५ मेट्रीकटन कफी उत्पादन भएको छ । त्यस्तै गुल्मीवाट ३६, पाल्पावाट ३५ र कास्कीवाट ३५ मेट्रिकटन कफीको उत्पादन भएको वोर्डको तथ्याङक छ ।
आर्थिक वर्ष २०७४/०७५ मा कफीको निर्यात १ सय ६३ मेट्रिकटन भएको छ । यसको मूल्य ६ करोड ९८ लाख रुपैयाँ पर्न आउँछ । त्यस्तै नेपालमा कफीको उत्पादनको सम्भावना थुप्रै भएपनि आयात पनि भैरहेको छ । वोर्डको आवको तथ्याङक हेर्ने हो भने, ८४ मेट्रिकटन कफी आयात भएको छ । जसको मुल्य ९ करोड ३७ लाख रुपैयाँ पर्ने आउँछ । कफीको क्षेत्रमा अन्य उद्योगजस्तो नभएकाले र अन्तर्राष्ट्रिय वजारको मागलाई पूरा गर्न एवं कफीको उत्पादन बढाउन लगानी सम्मेलन अपरिहार्य भएको बोर्डका प्रवक्ता दीपक खनालले वताए ।
पछिल्लो समय किसानहरुमा पनि कफी खानुपर्छ भन्ने चेतना सँगै वजारमा कफीको माग वढिरहेको भन्दै प्रवक्त खनालले साना किसानहरुलाई विस्तापन नगरी लगाएका वोटहरुवाट भरपुर उत्पादन गर्नु पर्ने वताए । कफीको वोटमा लाग्ने रोगलाई नियन्त्रण गरी उच्च प्रविधि र उन्नतजातका वोटहरुलाई रोप्नु पर्नेमा उनको जोड छ । शरीर स्फुर्ती हुने, विना चिनी र विना दुधको कफीले सुगर र विपी हाईलाई नियन्त्रण गर्ने, महिला पुरुषको वाझोँपनलाई न्युन गर्ने र कलेजो रिफ्रेसमा कफी सेवनले सघाँउ प¥याउने कफी विज्ञहरुले वताएका छन् ।
नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । आर्थिक वर्ष ०७४/०७५ मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो । सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको कफी निर्यात गरिएको थियो भने छ करोड ५८ लाख ९१ हजार बराबरको आयात भएको थियो । गत तीन वर्षको तथ्याङ्क हेर्दा कफीको माग धेरै भए पनि उत्पादन कम देखिन्छ । आव ०७१/०७२ मा रु दुई करोड ४९ लाख ९१ हजारको निर्यात र नौ करोड ९१ लाख ७६ हजारको आयात भएको थियो । आव ०७२/०७३ मा निर्यात रु पाँच करोड ५४ लाख ४१ हजार र आयात रु १० करोड ७९ लाख थियो भने आव ०७३/०७४ मा निर्यात रु रु पाँच करोड चार लाख र आयात आठ करोड ४५ लाख ३८ हजारको भएको थियो ।
बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवदेखि आयातको तुलनामा निर्यात बढेको देखिन्छ । करीब ९० लाख हेक्टरमा कफी खेती गर्न सकिने भएपनि आव ०७१/०७२ मा दुई हजार ३८१ हेक्टर, ०७२/०७३ मा दुई हजार ६१८ हेक्टर, ०७३/०७४ मा दुई हजार ६४६ हेक्टर र ०७४/०७५ मा दुई हजार ६५० हेक्टरमा कफी खेती गरिएको थियो । नेपालमा पछिल्लो चार वर्षमा कफीको उत्पादन स्थिर देखिन्छ । आव ०७१/०७२ मा ४६३, ०७२/०७३ मा ४३४, ०७३/०७४ मा ४६६ र ०७४/०७५ मा ५१३ मेट्रिकटन कफी उत्पादन भएको थियो ।