मेलाले विश्वविद्यालय र कृषकलाई जोड्ने काम गर्छ : रजिष्टार कोलाक्षपती

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको दशौं वार्षिकोत्सवको अवसरमा विश्विद्यालयले जेठ ३२ गतेदेखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरेको छ ।

विश्वविद्यालय स्थापनाको एक दशकमा पनि कतिपय विषयमा नागरिक जानकार नभएको भन्दै विश्विद्यालयको आवश्यकता तथा महत्वका सम्बन्धमा मेलाको आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ । यसै सम्बन्धमा रहेर हामीले विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतीसँग कुराकानी गरेका छौं ।

रजिस्टार ज्यू मेलाको मुख्य उद्देश्य के हो ?

यो विश्वविद्यालयको नियमित रुपमा गर्नुपर्ने कार्यक्रम नै हो । स्थापना दिवसको अवसरमा गर्नुपर्ने कार्यक्रमलाई हामीले केही फरक ढंगले गर्न खोजेका मात्र हौ । यसले लक्षित वर्ग र विश्विद्यालयको सम्बन्धमा निकटता ल्याउने विश्वास हामीले लिएका छौं ।

विशेष गरी कृषि क्षेत्रमा ज्ञान र प्रविधिको विकास र विस्तार कसरी भइरहेको छ, त्यसको जानकारी कृषिसँग सरोकार राख्ने सबै पक्ष समक्ष पुर्याउनु नै मेलाको उदेश्य हो ।

मेलामा कृषि यान्त्रिकरणसम्बन्धी प्रदर्शनी, बीउविजन सम्बन्धी, विश्वविद्यालयले निकालेका प्रविधीका कुराहरु, विद्यार्थीहरुले गरेका नवीनतम कार्यहरु, रैथाने बाली र त्यसका परिकारसम्बन्धी, कृषि मन्त्रालयले गरेका प्रविधीको विस्तार सम्बन्धी कार्यहरुको प्रदर्शनी, कषि लोन सम्बन्धी जानकारी दिने पनि मेलाका उदेश्य हुन ।

मेलाको व्यवस्थापन कसरी गर्नुभएको छ ?

मेलालाई सफल पार्नको लागि विभिन्न कमिटिहरु गठन गरिएको छ। मूल आयोजक समिति छ, त्यसमा विश्वविद्यालयका सबै डीनहरु, केन्द्रिय प्रशासनिक कर्मचारी रहेका छन् । सल्लाहकार समितिमा उपकुलपति लाई समितिको अध्यक्ष बनाइएको छ,  जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उधोग बाणिज्य सँघका अध्यक्ष, भरतपुर महानगरपालिकाका मेयर र  केही उधमी लगाएत समितिमा सदस्य हुनुहुन्छ  ।   तथा रजिस्टारलाई सचिवको जिम्मेवारी दिइएको छ । यसले सबै कार्यमा सहजीकरण गरिरहेको छ ।

विश्वविद्यालय स्थापना भएको १० वर्ष भयो, यो समयमा विश्वविद्यालयले हासिल गरेको प्रगती के के हुन ?

हामी अध्ययन संस्थान क्याम्पसबाट विश्वविद्यालय भइसकेपछि वन र कृषि एकिकृत भएर जानुपर्छ भन्ने महसुस गरेर कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरेका हौ । स्थापना भए पश्चात धेरै आरोह अवरोह पार गरेर १० औं वर्षमा प्रवेश गरेका छौ । हामीले शिक्षामा नयाँपन दिनको लागि LEE (Lerarning For Entrepreneur) भनेर इन्र्टनसिपको कार्यक्रम राख्यौ ।

यो कार्यक्रम संचालन गर्नको लागि नेपाल सरकार कृषि मन्त्रालयसँग धेरै पटकको वार्ता र सहमति गरेपछि सौभाग्यवस नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागु गरिसकेपछि कृषि स्नातक शिक्षाका आठौ सेमेस्टरका विद्यार्थीलाई आधुनिकिकरण परियोजना अन्र्तगतका कार्यलयहरु मा इन्र्टनकाे रुपमा पुगेका छन् । विद्यार्थीहरुले त्यहाँको समस्याको बारेमा अनुसन्धान गर्छन र बढिभन्दा बढि सिकाइ हासिल गर्ने मौका पाउँछन् । कार्यक्रमको हिसाबले हामीले विश्वविद्यालय स्थापना भएपश्चात नयाँ कार्यक्रमका रुपमा स्नातकोत्तरमा Seed Science and technology, Weed Science कार्यक्रम सँचालन गरेका छौ । Bsc. Agri EngineeringMSc. Dairy Technology को कार्यक्रम सँचालनको तयारी हुँदैछ ।

अर्को नौलो कार्यक्रमका रुपमा BSc. Fisheries  कार्यक्रम सँचालन गर्याै । नेपालमा पनि समुन्द्र छ ? Fisheries कार्यक्रम को औचित्य छ र भन्ने बहस चलिरहदा हामीले यो कार्यक्रम सँचालन गर्यौै ।

BSc. Horticulture कार्यक्रम स्विकृत भइसेको छ र हामिले यो कार्यक्रम पनि सँचालन गर्दैछौ । साथसाथै कृषि र वनका आगिंक कलेज पनि विस्तार गरेर सँचालन गरेका छौ र निकट भविष्यमा भेटेरिनरी कार्यक्रम पनि विस्तार गर्ने योजनामा छौ ।

३० भन्दा बढी अन्र्तराष्ट्रिय संघ संस्थाहरुसँग हाम्रो समन्वयमा विभिन्न कार्यक्रमहरु सँचालन भइराखेको छ ।

विश्वविद्यालयले कृषिसँग सम्बन्धित जानकारी दिनका लागि मेला नै पर्खिनु पर्ने हो की, किसान तथा विद्यार्थीले अरु नै तरिकाबाट पनि जानकारी पाउँछन् ?

हरेक चिज पाठ्यक्रममा जोडिनु पर्छ भन्ने छैन । व्यवस्था भएको पाठ्यक्रममा समय सापेक्ष परिमार्जन गर्दे जानुपर्छ ।

५/६महिना अगाडी पशुविज्ञान पशुचिकित्सा र मत्य विज्ञान संकायको पाठ्यक्रम परिमार्जन गर्नको लागी मन्त्रालयदेखि नार्क, तथा अन्य सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाको उपस्थितिमा कार्यशाला राखेर सुझाव संकलन गरेर परिमार्जनको अन्तिम तयारीमा छौ ।

कृषि र वनको पनि परिमार्जनको तयारीमा हामी छौ । आफुलाई कसरी उद्यमशिल बनाउने भन्ने कुरा उसको सोचमा भर पर्ने कुरा हो । तर कोर्षपनि समय सापेक्ष परिर्वतन गर्दै जानुपर्छ ।

सिक्नलाई विश्वविद्यालयमा आइरहने वातावरण सिर्जना गर्नको लागि हामीले किसानसँग कृषि विश्वविद्यालय भन्ने नाराको रुपमा अगाडी बढेको छ ।

कार्यक्रमलाइ प्रभावकारी बनाउन किसान कल सेन्टर कृषि मन्त्रालयको सहयोगमा स्थापना गरेका छौ । त्यसलाइ छिटै नै प्रभावकारी बनाउदै छौं । किसानले कल गरेर आफ्नो समस्या टिपाउँछन र त्यसको जानकारी कृषि विज्ञबाट दिन्छौ ।

अर्काे कुरा देशमा उपलब्ध भएका विभिन्न क्षेत्रका विशिष्ट वैज्ञानिकहरु उपस्थितिमा विभिन्न बाली रोग विरुवा तरकारीलगायतका विषयसँग सम्बन्धित सेमिनार पनि हुन्छ ।

कृषि क्षेत्रका सफल उद्यमीहरुको कथा पनि प्रस्तुुत हुुने, किसान र वैज्ञानिक बिचको छलफल र अन्र्तक्रिया पनि हामीले गर्दै आएका छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here