काठमाडौं । बागमती प्रदेशको कृषि सेवा अन्तर्गत बिज्ञापन नम्बर ७८२/२०७७-७८ को अधिकृत छैटौं तहको परिक्षा तत्कालको लागि स्थगित भएको छ ।
शैक्षिक योग्यता अनुसार सातौ तहमा बिज्ञापन गर्नु पर्नेमा छैटौं तहमा बिज्ञापन गरेर अन्याय गरेको भन्दै परिक्षा स्थगित गर्न सन्देश दाहाल, सुशील श्रेष्ठ लगाएतले जाहेर गरेको रिटमा सुनुवाइ गर्दै सर्बोच्च अदालतले तत्कालको लागी परिक्षा नगर्न बिहीवार अल्पकालीन आदेश दिएको हो ।
अदालतले निबेदक तथा विपक्षी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बागमती प्रदेश, हेटौंडा समेत गरि दुबै पक्षको छलफल भएपछी निर्णयमा पुग्न मानसिब हुने भन्दै मिति २०७८/०१/०५ गतेका दिन छलफलमा उपस्थित हुन आदेश जारी गर्दै छलफल भइ निर्णय नहुदा सम्म मिति २०७७/१०/१२ मा प्रकाशित गरेको सूचना नम्बर २२-७७/७८ मार्फत जारी गरेको सूचना अन्तर्गतको प्राबिधिक तर्फ बिज्ञापन नम्बर ७८२/७७-७८ सग सम्बन्धित कार्य अथास्थितीमा राख्नु अगाडि नबढाउनु भनी विपक्षीहरुको नाममा मुलुकी देवानी कार्यबिधी सहिता, २०७४ को दफा १५८ (घ) तथा सर्बोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) को ख बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
जसले गर्दा आगामी चैत २८ र २९ गतेका लागि परिक्षाको तयारी गरेका विद्यार्थी अन्योलमा परेका छ्न ।