–प्रदिप पौडेल ।
चितवन – चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले नीजि कलेजलाई सम्बन्धन दिएको विषयलाई लिएर प्राध्यापक तथा विद्यार्थीले विरोध गरेका छन् ।
अध्ययन, अनुसन्धान र प्रसारको नीति लिएर स्थापना भएको विश्वविद्यालयले नीजि कलेजलाई कृषि विषय पढाउनको लागि सम्बन्धन दिँदा विश्वविद्यालयको मूल मर्म नै भाँचिने डर भएको प्राध्यापकहरुको भनाई छ ।
विश्वविद्यालयले कृषि स्नातकमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रवन स्नातकमा सिद्धान्त क्याम्पस गैँडाकोटलाई सम्बन्धन दिएको छ ।
आंगिक क्याम्पस र नीजि कलेजलाई सम्बन्धन दिँदा मापदण्ड समेत असमान भएकोले सच्याउनुपर्ने आन्दोलनरत प्राध्यापकहरुको माग छ । विश्विद्यालयले एकलौटी रुपमा नीजि कलेजलाई दिएको समर्थनको विरोधमा उत्रिएको प्राध्यापक तथा विद्यार्थीको भनाइ छ ।
विश्विद्यालयले आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विषयलाई लिएर चार वटा वटा विद्यार्थी संगठनहरुले असार २६ गतेदेखि र तीन वटा प्राध्यापक संगठनले आइतबारदेखि बिरोध तथा क्याम्पसमा धर्ना दिँदै आएका छन् ।