काठमाडौं –
कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठ कलेजको सम्बन्धन खारेज भएको छ ।
चितवनको भरतपुरमा रहेको कृषि तथा बन अध्ययन विश्वविद्यालयको कार्यकारी समितिले ८ वटा निजी क्याम्पसहरुलाई बिना छलफल सम्बन्धन दिएको थियो ।
त्यसपछि यसको विरोध शुरु भएको थियो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आठ कलेजको सम्बन्धन खारेज भएको जानकारी दिएका छन् ।
विश्वविद्यालयको कार्यकारी समितिमा उपकुलपति इश्वरीप्रसाद ढकालको संयोजकत्वमा रजिष्ट्रारसहित कृषि, वन तथा भेटेनरी संकायका ३ जना डीन र प्राध्यापकहरुको समूहबाट २ जना प्राध्यापक रहेका छन् ।
सो विश्वबिद्यालयले एक बर्ष अघि पनि निजी क्याम्पसलाई सम्बन्धन दिने तयारी गरेको थियो । तर बिद्यार्थीहरुको आन्दोलन पनि पछाडि हटेको थियो ।
विश्वविद्यालयले चितवनको गैडाकोटमा २ वटा, नवलपरासीको भूमईमा १ वटा बाँकेको कोहलपुरमा १ वटा, ललितपुरमा १ वटा र अन्य ठाँउमा ३ वटा गरी ८ वटा नीजि क्याम्पसलाई सम्बन्धन दिएको थियो ।