नेपालमा कृषि तथा वन विज्ञान शिक्षा नीति कति आवश्यक (भिडियोसहित)

♦प्रदिप पौडेल

चितवन – नेपालमा राष्ट्रिय कृषि तथा वन विज्ञान शिक्षा नीति बन्नुपर्ने एक कार्यक्रमका बत्ताहरुले बताएका छन् । कृषि तथा वन विश्वविद्यालय चितवनले आयोजना गरेको कृषि शिक्षा नीति विषयक अन्र्तक्रियामा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन् । ‘राष्ट्रिय कृषि तथा वन विज्ञान सम्बन्धी शिक्षा नीति’ विषयक कार्यशालाका वक्ताहरुले देशको माटो सुहाउने खालको कृषि नीति आवश्यक रहेको बताए । केहीवर्ष अगाडिसम्म देशले धानलगायतका कृषिजन्य उत्पादन विदेश निर्यात गर्ने गरेकोमा अहिले विदेशबाट आयात गर्नुको पछाडि समयसँगै कृषि नीति परिवर्तन नहुनु विज्ञहरुको भनाइ छ । सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर हुने गरी कृषि नीति ल्याएको भए पनि कुखुराजन्य वस्तु बाहेक अन्य उत्पादनमा आत्मनिर्भर हुन सकेको छैन ।

मासु, दूध, अन्नबालीलगायतका कृषिजन्य उत्पादनमा समेत आत्मनिर्भर बन्नका लागि किसानलाई अनुदानका साथै कृषि भूमिको उचित व्यवस्थापन हुनुपर्ने विज्ञहरुले सुझाव दिए ।

कार्यक्रममा शिक्षा, कृषि तथा वन विज्ञान सम्बन्धी प्रा.डा. कैलाशनाथ प्याकुरेलले अमेरिकाबाट १५० वर्ष पहिला सुरुवात भएको ल्यान्ड ग्रेन्ट मोडेल अर्थात शिक्षा, अनुसन्धान र प्रसार एकसाथ लैजाने विधि साउथ एसियामा भारतले अवलम्बन गरेर कृषिक्षेत्र र शिक्षामा निकै फड्को मारेको तर नेपालमा भने हालसम्म पनि राम्रोसँग कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले नेपालको त्रिभुवनविश्वविद्यालयको शिक्षा नीति एकिकृत मोडेलको तथा प्रभावकारी नभएको र सो विश्वविद्यालयको विधि अरु विश्वविद्यालयले अभ्यास गरेको कारणले शिक्षा, अनुसन्धान र प्रसार एकसाथ हुन नसकेको तर कृषि तथा वन विज्ञान विश्वविध्यालय रामपुर ल्यान्ड ग्रेन्ट मोडेल अवलम्बन गर्ने उद्देश्का साथ स्थापना भएता पनि राजनैतिक दबाव तथा अन्य कारणले गर्दा उतm मोडेल प्रभावकारी हुन नसकेको टिम्पणी गर्नुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद तथा वन विज्ञान विश्वविध्यालय रामपुर गाभिएर एकसाथ रिसर्च र शिक्षा अगाडी लैजानुपर्ने उहाँको तर्क थियो । प्रा.डा. मोहदत्त शर्माले उच्च शिक्षा प्रदान गर्ने शैक्षिक सँस्था अनुसन्धान गर्ने तथा अन्य सम्बन्धित निकायमा समन्वयको अभाव साथै नेपालमा कृषि तथा वन विज्ञान सम्बन्धी शैक्षिक सँस्था बढेको र त्यसको गुणस्तरियता मापन तथा अनुगमन गर्नको लागि कृषि तथा वन विज्ञान शिक्षा काउन्सिलको टड्कारो आवश्कता रहेको बताउनुभयो । कार्यक्रममा डा. विष्णुराज उप्रेती, डा. एडेग्गबोला र प्रा.डा. अभयकुमार दासले समेत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यशालाका प्रमुख अतिथि कृषि तथा पशुपंछी मन्त्रालयका सचिब युवकध्वज जिसीले अबको कृषि शिक्षा अनुसन्धान तथा प्रयोगात्मक हुनुपर्नेमा जोड दिनुभयो ।उहाँले कृषि शिक्षा उद्योगहरु तथा सरकारका निकायसँग समन्वय गरेर विद्यार्थीलाई अनुसन्धान तथा प्रयोगात्मक शिक्षामा लगाउने पर्ने समेत बताउनुभयो ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपतिप्रा.डा. ईश्वरीप्रसाद ढकालले आफ्नो विश्वविद्यालय ल्याण्डग्राण्ड मोडलको भएकाले अनुसन्धान, प्रसार र उत्पादनमाजोड दिइएको बताउनुभयो ।