चितवन । प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय र युथ थिङ्कर्स सोसाइटी-चितवनको सहकार्यमा डिजिटल कृषि सम्मेलन हुने भएको छ। कोरोना महामारीबाट सिर्जित प्रतिकूल अवस्थाका कारण सम्मेलन भर्चुअल रूपमा हुनेछ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरूद्वारा अन्तर्राष्ट्रिय स्तरको कृषि सम्मेलन आयोजना हुन लागेको यो पहिलो पटक हो । सम्मेलन आउँदो असोज २ र ३ गते हुनेछ ।
‘Reliable DigiCulture, Resilient Agriculture’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको सम्मेलनलाई ‘Forefront in Sustainable agriculture:Digitization and Climate Resilience’ नाम दिइएको छ ।
सम्मेलनले सहभागी र कृषि प्राविधिकहरूलाई आधुनिक कृषि उपकरणका बारेमा जानकारी दिने, कृषक र प्रविधि बिचको दूरी घटाउनु, कृषि विज्ञको भूमिकाबारे सचेत बनाउनु, अव्यवस्थित प्रविधिले किसान र कृषि प्रणालीमा पार्ने असरका बारेमा जानकारी गराउनु र उद्यमीहरूबाट दिगो रूपमा आधुनिक कृषि सञ्चालन गर्न सल्लाह सुझाव प्रदान गर्ने जस्ता लक्ष्य राखेको छ ।
साथै, नवीनतम् प्रविधि र डिजिटल कृषि सम्बन्धि विषयलाई सामेल गर्नेगरि कृषि विश्वविद्यालयका पाठ्यक्रमलाई परिमार्जनका लागि प्रेरित गर्नु पनि यस सम्मेलनको उद्धेश्य रहेको आयोजकले बताएको छ