झापा – झापाका कृषकहरु पछिल्ला समय प्रबिधि मैत्री बन्न थालेका छन् । धान रोप्न काट्न र बेर्ना राख्न समेत आधुनिक प्रबिधिको प्रयोग हुन थालेपछि कृषकहरुलाई निकै राहत मिलेको छ ।
धानको सुपरजोन समेत रहेको झापामा यो वर्ष अपेक्षा गरेभन्दा बढि चैते धान उत्पादन भयो । कृषकहरु चैते धानको राम्रो उत्पादन पाएपछि मंसिरे धान लगाउन पनि उत्साहि भएका छन् प्रबिधिको बिकास र स्थानीय सरकारले प्रबिधि बितरणमा गराइएको सहजताले कृषकहरु प्रबधिमैत्री बन्दै गएका छन् ।
किसानको लागत खर्च घटाउदै कृषि क्षेत्रलाई प्रबिधि मैत्री बनाउदा उत्पादनमा बढुवा हुन आशा गरिएको छ । हातले रोपे भन्दा मेशिनबाट रोपेको धानबाट बढि उत्पादन हुने नगरपालिकाको बाली बिकास शाखाले जनाएको छ ।
दमक नगरपालिकाले चालु आर्थीक वर्षमा ७० लाख रुपैँया बरावरको कृषि क्षेत्रमा खर्च गरेको छ । नगरले आगामी आर्थीक वर्षमा भने ७५ लाख बराबरको कृषि औजार र बालि बिकासमा खर्च गर्ने योजना बनाएको दमक नगरपालिकाका आर्थीक बिकास समिति अध्यक्ष इन्द्र गुरुङले बताउनुभयो ।
नगरपालिका र स्थानीय किसानहरुको प्रत्यक्ष सहभागितामा कृषिमैत्री नगर बनाउने अभियानको थालिनीसमेत दमक नगरपालिकाले गरेको छ ।