spot_img

अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता

एजेन्सी –संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ।

ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमास लगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरिएको हो।

किसानहरूलाई सहुलियत दिने र विक्री नभएका उनीहरूका उत्पादन खरिद गर्ने लगायतका कदम अमेरिकी योजनामा समेटिएका छन्।

आफ्नो समर्थनको एउटा मजबुत आधारका रुपमा रहेका किसानहरूबाट चर्को आलोचना खेपेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले सहायता उपलब्ध गराउने वाचा गरेका थिए।

1 COMMENT

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार