दाङ,जेठ ७ – दाङका किसान पशुको कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन् । ठाउँठाउँमा सहज रुपमा पशुको कृत्रिम गर्भाधान सेवा उपलब्ध भएपछि झन्झटिलो पना पनि हटेको किसानको भनाइ छ ।
पशुमा कृतिम गर्भाधान गराउँदा दूधको उत्पादन बढ्ने र नश्ल सुधार हुने भएकाले किसानको आकर्षण बढेको हो । किसानहरुले पशुको कृत्रिम गर्भाधान गराउन पशुसेवा शाखाबाटै सेवा लिन थालेका हुन् ।
विभिन्न प्रजातीका पशुमा कृत्रिम गर्भाधान गराइने भएपछि पशुपालनमा कृषकलाई सहजता मिलेको छ । पशुको कृत्रिम गर्भाधान गराईने भएसँगै कृषकहरु सम्वन्धित स्थानमा गएर यसको सेवा सुविधाको बारेमा जानकारी लिने गरेका छन् ।
पशु सेवा शाखा तुलसीपुरका शाखाका प्राविधिक मानबहादुर कुसारीले यो सेवा लिने कृषकको संख्या बढ्दै गएको बताउनुभयो । आवश्यकता अनुसार कृत्रिम गर्भाधान गरी भाले वा पोथी जातको पशु उत्पादन गराउन सकिने उहाँले जानकारी दिनुभयो ।
दाङमा चालू आर्थिक वर्षको ९ महिनामा करिब साढे आठ सय पशुको कृत्रिम गर्भाधान गराइएको छ ।