कृत्रिम गर्भाधान भनेको के हो ? यस्ता छन यसका फाइदा ।

काठमाडौं –
हाल नेपालमा दुध तथा दुग्ध जन्य पदार्थहरुको माग बढीहरहेको छ । दुध र दुग्ध जन्य पदार्थहरुको मागलाइ परिपुर्ति गर्नको लागि देशभित्र रहेका आन्तरीक पशुहरुको नश्ल सुधार गर्नु टड्कारो आवश्कता छ । त्यसको लागी उत्तम विकल्प कृत्रिम गर्भधारण हो । नेपालका ग्रामिण भेगमा कृत्रिम गर्भधारण दक्ष जनशक्तिको अभावमा धेरै प्रभावकारी नभएको हुनाले किसानमा गलत नजिर बस्न गएको छ तथापी यो आफैमा निकै महत्वपुर्ण प्रणाली हो । यसलाइ बुझ्ने भाषामा ए आइ पनि भनिन्छ ।

कृत्रिम गर्भाधारणका फाइदाहरु निम्नानुसार छन् ।

  • आफ्नो चाहना अनुरुपको नश्लका बाच्छा बाच्छी उत्पादन गर्न सकिन्छ ।
  • प्रजनन् सम्बन्धी रोगहरु जस्तै पाठेघर, गर्भाशय लगायतका रोगहरुको सँक्रमण हुन पाउदैन् ।
  • साँढे पाल्नैपर्ने बाध्यता कृषकलाइ पर्दैन । यसबाट कृषकको समय तथा श्रमको बचत हुन्छ ।
  • भौगोलिक विकटता भएको हाम्रो जस्तो मुलुकका विकट ठाउँमा समेत नश्ल सुधारिएका उन्नत बाछ्छाबाछ्छी उत्पादन गर्न सकिन्छ ।
  • बर्णशंकर पशुहरु शान्त स्वभावको हुन्छन त्यसकारण व्यवस्थापन गर्न सजिलो हुन्छ ।
  • कृतिम गर्भधारण बाट जन्मिएका सन्तानहरुले बढि दुध दिन्छन र सांढे पनि चाँडै खोज्छन्
  • विर्य परिक्षण नियमित रुपमा हुने भएकोले कम गुणस्तरको विर्य प्रयोगमा ल्याइदैन यसबाट उत्कृष्ट गुणहरु भएका साँढे/राँगोको विर्यबाट हजारौ गाइभैसीलाई गर्भाधान गराउन सकिन्छ ।
  • प्राकृतिक गर्भधानमा एक साँढेबाट ८ देखी ९ वर्षको समयमा बढीमा २००० सन्तान उत्पादन गर्न सकीन्छ भने कृत्रिम गर्भधारणमा एउटा साँढेबाट ६०००० मात्रासम्म विर्य उत्पादन गर्न सकिन्छ र उक्त विर्यबाट ३०००० देखी ४०००० सन्तान उत्पादन गर्न सकिन्छ ।
  • उन्नत भाले पशुको जिवनकालको धेरै वर्ष पछि पनी उक्त भालेको सुरक्षित भण्डारण गरी राखिएको विर्य प्रयोग गर्न सकिन्छ । र अन्य विविध फाइदाहरु भएकोले उत्पादन बढाउन कृतिम गर्भधारण पक्रिया महत्वपूर्ण छ ।

तर कृतिम गर्भधारण उपयुक्त समयमा उपयुक्त विधी र दक्ष  व्यक्तिबाट मात्रै गराउनु पर्दछ । अन्यथा हुन गएमा गर्भधारण प्रभावकारी नहुन पनि सक्छ ।

कृषि डेलीका लागि विभिन्न स्रोतको सहयोगमा प्रदिप पौडेलले तयार पारेको सामाग्री

4 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here