प्रदीप पौडेल/कृषि डेली ।
चितवन, जेठ ५ –
कुखुराको राजधानी मानिएको चितवनमा पछिल्लो समय पटक पटक विभिन्न खाले समस्या देखिन थालेका छ्न । कहिले (अभिएन एन्फुलुन्जा एच नाइन) त कहिले (अभिएन एन्फ्लुन्जा एच १) जस्ता संक्रमण देखिन थालेपछि राजधानिको रुपमा विकास हुँदै गएको पोल्टि ब्यबसाय नै धरासय हुने हो की भन्ने आँकलन गर्न थालिएको छ ।
गत महिना मात्रै माधबपुरको एउटा फर्म मा (अभिएन एन्फुलुन्जा एच नाइन) तथा अन्य भाइरल तथा ब्याक्टेरिएल संक्रमण बाट करिब ५००० लेयर्स कुखुरा मरेका थिए । फेरी बिहीबार खैरहनी नगरपालिकामा बर्डफ्लूको संक्रमण देखियो । यसरी दिनप्रती दिन कुखुरामा रोग लाग्न थाले पछि किसानदेखि सरोकारवालासम्म सचेत हुनुपर्ने देखिएको छ । यस सन्दर्भमा पशु रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवन का बरिस्ठ पशु चिकित्सक दयाराम चापागाईंले भने संक्रमणबाट कुखुरालाई बचाउन किसानले यी चार कुरामा ध्यान दिनु पर्ने बताउनुहुन्छ ।
-
कुखुरा तथा हास लाई छाडा नछाड्ने अर्धबन्देज गर्ने अथार्त खुला छोड्ने बेला मा आफ्नो नियन्त्रण बाहिर जान नदिने , जाली लगाएर पाल्ने
-
आवश्यक भ्याक्सिन अनिवार्य रुपमा लगाउने
-
नियमित रूपमा जुका को औषधि खुवाउने
-
बिसंक्रमण गर्ने जैविक सुरक्षा मा विशेष ध्यान दिने
चितवन पोल्ट्री व्यावसायको राजधानी को रुपमा चिनिने जिल्ला हो । यहाँ करिब १ खर्ब कुखुरा व्यावसायमा लगानी रहेकोे छ । नेपाल मा उत्पादन हुने करिब ६० प्रतिशत कुखुरा अण्डा तथा दाना चितवनमा नै उत्पादन हुन्छ ।
नेपाल मा बार्षिक करिब ८ अर्ब अन्डा उत्पादन हुने मा ६० प्रतिशत को हाराहारीमा चितवन मै उत्पादन हुन्छ । यो नेपालको कुल ग्राहस्त उत्पादनमा पनि राम्रो योगदान दिने व्यावसाय हो । तर समय समयमा देखिने समस्याले भने किसानको टाउको दुखाएको छ ।
सामान्यतया किसानले कुखुरा, हास र अन्य पशुपन्छि एकै ठाउँमा पाल्दै आएको छ्न त्यसले गर्दा एकको रोग अर्कोमा सर्ने खतरा बढी हुन्छ । धेरै मध्यम बर्गका किसानले यो अभ्यास गर्दै आएको पाइन्छ । ती पशुपन्छी लाई न त समय समयमा भ्याक्सिन लगाइने गरिन्छ त अरु औषधि को ब्यबस्थापन नै । मानिस मा चेतनाको कमि छ चिकित्सक को परामर्श लाई ध्यान नै दिदैनन । हाम्रो परम्परा हो भन्छ्न र आफ्नो काम लाई सुधार गरेर अघि बढ्ने त हामी नेपाली को बानी नै छैन । अरुको राम्रो कुरा अनुसरण गर्न हामी हिचकिचाहट मान्छौ ।
सरकारले पनि कसरी फार्मिङ गर्ने भन्ने बारेमा खासै चासो देखाएको पाइदैन । छाडा रुपमा पशुपन्छी छोडेर पाल्ने लाई कारबाही , सरुवा रोग तथा अन्य विषयमा तालिम तथा जनचेतना ,बेला बेलामा सर्भे गर्ने, उपयोगी भ्याक्सिन लगाउन को लागि किसान लाई सचेत तथा कडाइ गर्ने निति नियम बनाउने र कार्यान्वयन गर्ने गराउने ,अबस्था हेरेर र्यापिड रेस्पोन्स टिम लाई सधै तयारी अबस्थामा राखी राख्ने कुरामा निकै सजग हुन अब भने ढिला गर्नुहुँदैन ।